• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

विद्यार्थीले बनाउने भए ‘सावा ब्याज’

काठमाडौं । ‘ओस्कार इन्टरनेशनल कलेज’ का विद्यार्थीहरुले फिल्म निर्माण गर्ने भएका छन् । ‘सावा ब्याज’ नाम राखिएको फिल्मको मंगलबार एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको हो । 
फिल्मले समाजमा घटिरहेको यथार्थ घटनालाई देखाउने डेब्यु निर्देशक देविन राईले बताए । कात्तिकको तेस्रो साताबाट फ्लोरमा निस्कन लागेको फिल्ममा ओस्कार कलेजका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मी श्रेष्ठको प्रमुख भूमिका रहनेछ । करीब ३ बर्षको अध्ययन र मिहिनेत पश्चात् ओस्कार कलेजका विद्यार्थीहरुले उक्त फिल्म निर्माण गर्न लागेका हुन् । आशिष लिम्बुले खिच्ने फिल्मको पूर्वीय पहाडी भेग तथा मकालु र काठमाडौंमा छायांकन हुनेछ ।  निकै कम लगानीमा फिल्म निर्माण हुन लागेको हो । फिल्मलाई देगेन्द्र कुमार राई र बिपिन राईले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । प्रवेश र रश्मीले कथावस्तु उत्कृष्ट लागेका कारण फिल्ममा काम गर्न लागेको बताए ।
 

प्रतिकृया दिनुहोस

मेक्सिकोकी सुन्दरीलार्इ मिस वर्ल्डको उपाधि

काठमाडौं, मंसिर । 'मिस वर्ल्ड २०१८' को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

टप पाँचबाट बाहिरिइन शृङ्खला

  काठमाडौं, मंसिर । ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम टप पाँचबाट शृङ्खला बाहिरिएकी छन ।  शृङ्खला टप १२ मा पुगेकी थिइन् । शनिबार साँझ भएको फाइनलको पहिलो

११ करोडको पोशाक : के के छन यसका बिशेषता ?

काठमाडौं,  । चर्चीत हलिउड मोडल एल्सा होस्कले हालै र्याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेकी छन् । केहि दिन पहिले हलिउडको   फेशन शो मा एल्सा होस्कले