• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

काठमाडौ–७ : वामदेवलाई जिताउन लागे ओली, प्रचण्ड र नेपाललाइ चिड्याए घातक

यस्तो छ मतीय अंक गणित


काठमाडौं, असोज । संसद र सत्तामा पुग्ने नेपालमा जस्तो सजिलो अन्त कहाँ ? नागरिकको चाहाना अनुसार राजनीति भएको पनि कहाँ छ र ? नेपालमा । जनचाहाना सम्बोधनका लागि एउटै निर्वाचन प्रणाली र वैचारिक राजनीतिक ध्रवीकरण चाहिन्छ भन्ने विद्वानहरु पनि नेपालमै छन्, यो मुलुक छोडेर अन्त भाग्नसकेका छैनन् । 
पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ, भनी हिजो संविधान जारी हुँदा रिजर्वेसन राख्नेहरु अहिले नबोलौँ भनी पञ्छिरहेका छन् । 
यसअघि दुई तिहाई सरकारको स्वाद लिइसकेको नेपाली समाज फेरि दुई तिहाईको चक्करमा फस्यो । नयाँ संविधानले व्यवस्था गरेको चुनाव समयमा गराइएन । 
नयाँ संरचनामा गरिएको निर्वाचन संवैधानिक आयोगलाई तरबार देखाएर लोकतान्त्रिक मूल्य मान्यताहलाई कोमामा राखेर गरियो । त्यही दुई तिहाईको पर्दाले छोपिएकै हो, चुनाव अघि र पछि भएका खेलखण्डहरु । 
चुनाव अघि एउटा शक्तिले आफ्नो अस्तित्व खोज्दै एउटा खुट्टा ढोका बाहिर एउटाभित्र राखेकै हो । त्यो हो, प्रचण्ड शक्ति । विगतमा गरेका र गर्दै जाने खेलखण्डलाई पाँच वर्ष दुईतिहाईको पर्दाले छोप्न सकिने सोचेरै गठबन्धनको जुक्ति निकालेको हो, प्रचण्ड शक्तिले । 
एउटा खुट्टा ढोकाबाहिर र एउटा खुट्टा ढोकाभित्र राख्ने प्रचण्ड शक्तिलाई हाइसिक्रेट सुनाइसकेको ‘अलपत्र’ शक्तिले त्यसको प्रतिक्रिया स्वरुप लोकतान्त्रिक गठबन्धन बनायो । त्यसको प्रभावकारीता देखिएन । प्रचण्ड शक्ति झन शक्तिशाली भयो । निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई मिल्यो । 
अन्ततः पार्टी एकताको नाटक पनि पूरा भयो । तर, त्यो गठबन्धन अपवित्र थियो भन्ने कुरा अहिले आफै खुल्दै गएको छ । 
चुनाव ताका निकालिएको जुक्तिले छोप्न खोजिएका कर्तुत पाँच वर्ष नढाक्ने पक्का पक्की नै भयो । त्यसका लागि अर्को नाटक मञ्चन गरियो । वामदेवको संसद आरोहण । 

संघीय राजधानी बाहिरका जिल्लाबाट वामदेवलाई संसद आरोहण गराउने असम्भव देखेपछि विकल्प खोजियो । पहिले नरुचाइएका वामदेवको आवश्यकता खट्कियो, अहिलेको सत्ताधारी पार्टीका अध्यक्ष तथा मुलुकका कार्यकारीलाई । 
एकताका, वामदेवलाई पञ्छाउन अहिलेकै प्रधानमन्त्री ओली समूहले नै बर्दियामा हराएको चर्चा पनि चल्यो । तर, वामदेव चर्किएनन् । कुरिरहे । 

अहिले वामदेवलाई सांसद बनाउन प्रधानमन्त्री ओलीले नै पहल कदमी लिएको बुझिन्छ । प्रतिनिधिसभाको निर्वाचनमा वामदेव बर्दियाबाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमसँग हारेका थिए । 

विगतमा प्रचण्ड शक्तिले धोका दिँदा वामदेवलाई प्रधानमन्त्रीको उम्मेदवारका लागि तयार गरेका ओलीले बर्दियाबाट किन हराए होलान् ? यो निकै सोचनीय विषय छ । कतिपयले यसको अर्थ, ओलीले आफू प्रधानमन्त्री बन्ने सजिलो बाटो खोजेको भनेर पनि लगाउँछन् । 

वामदेवलाई हराउन ओली खेमाले निकै नै मेहनत गरेको चर्चा भएकै हो । वामदेव ध्वस्त भएकामा केहीले खुसीयाली पनि मनाए । वामदेवले छानबिनको माग पनि गरे । तर, केही सीप लागेन । 
पार्टीभित्र ओलीलाई टक्कर दिने र हाकाहाकी ठाड्–ठाडै कुरा गर्नसक्ने एकमात्रै नेता हुन् भनेर भन्दछन्, नेकपाकै नेताहरु । वामदेव चुनावबाट खुम्चिएपछि ओली निर्विकल्प प्रधानमन्त्री भए पनि भनिन्छ । पहिले प्रचण्डतिर मिलेको भनेर वामदेवलाई ओलीले रुचाउँदैन थिए, भन्नेहरु पनि नेकपाभित्रै छन् । 
तर, अहिले वामदेवको खोजी कसले ग¥यो ? यो निकै रहस्यको विषय छ । एमाले र माओवादी केन्द्रको पार्टी एकताका सूत्रधार भनिएको छ, उनलाई । पार्टी एकताको सुत्रधार भएकैले पार्टीभित्र खोजी भएको हो ? वा अरु कुनै प्रयोजनको लागि ? त्यो पनि गर्भमै छ । 

केहीले यस्तो आँकलन पनि गरेका छन्, ‘नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको असहयोग बढेकाले ओलीले वामदेवलाई  विकल्पका रुपमा हेर्न थालेका हुन्।’ 
योबीचमा दाहालले भारत र चीन भ्रमण गरे । उनको त्यो भ्रमण आफू सत्तामा पुग्ने भर्याङ मजबुद पार्ने प्रयोजनका लागि भएको र सिंगापुरमा बसेर भविष्यको ग्राण्ड डिजाइन बुनेको ओलीको शंका छ । 

यस्तै, माधवकुमार नेपालले पनि विदेशका चक्कर खुब लगाए । उनीसमेत चीन पुग्न भ्याए । पछिल्लो समय नेता नेपालले ओली नेतृत्वको सरकारले देशमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारलगायतमा नियन्त्रण गर्न नसकेको भन्दै संसदमै असन्तुष्टि मात्र जनाएनन् । एउटा पुरानो कविता सुनाएर शंसय सिर्जना गरिदिए । 
तर, ओलीले आफूविरुद्ध पार्टीभित्र र बाहिरबाट हुन लागेको प्रहारलाई रोक्न वामदेव गौतमलाई रोजेका हुन् भने, उनले प्रचण्डलाई चिड्याउन छोड्नुपर्ने भएको छ । उनले काठमाडौं ७ बाट वामदेवको संसद आरोहण खोजेका हुन्, भने वामदेवलाई जिताउन प्रचण्डलाई फकाउनै पर्ने छ । नभए उनले रामवीरसँगै वामदेवलाई ‘शहीद’ बनाएको ठहरिने छ ।

प्रचण्डलाई चिड्याउन नहुने कारण ?
काठमाडौं क्षेत्र नम्बर ७ बाट तत्कालीन एमाले उम्मेदवार रामवीर मानन्धर विजयी भए । मानन्धरले राप्रपाका थापालाई ८ हजारको फराकिलो मतान्तरले हराए । मानन्धर १८ हजार १०२ मत ल्याए । थापाले १० हजार ७९ मतमात्रै पाए ।  विवेकशील साझा पार्टीकीकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याइन् । 
कांग्रेसले उम्मेदवार नउठाएपछि मानन्धरलेले दोस्रो पटक बाजी मारे । यसअघि २०७० को संविधानसभा चुनावमा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई हराएका थिए, उनले ।  उनको इतिहास पनि बलियो नै थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा दुई पटक वडाध्यक्ष निर्वाचित भएका थिए, उनी । 
रामवीर स्थानीय भएकैले पनि अब्बल उम्मेदवार हुन् । वामदेव काठमाडौ ७ का लागि नौलो हुन् । पार्टीको केन्द्रीय तहमा अब्बल ठहरिए पनि गौतमलाई रैथानेहरुले रुचाउन समय लाग्नेछ । त्यसका लागि पुष्पकमल दाहालकै साहारा लिनुपर्छ, भन्छन् जानकारहरु । 
अंक गणितका कारण पनि प्रचण्डलाई फकाउनु पर्ने ः  
काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडा काठमाडौं ७ (क)मा  छन् । ७ (खं) मा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा र नागार्जुन नगरपालिकाका १, २ र ३ नम्बर वडा छन् । नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत छन् ।  उनले ६ हजार ९६१ मत ल्याएका थिए ।
प्रतिस्पर्धी एमालेका कृष्णहरि खत्रीले ६ हजार ७३६ मत ल्याए । उपमेयर भने तत्कालीन एमालेकै सुशिला अधिकारी विजयी भइन् । उनले ६ हजार ८७१ र प्रतिस्पर्धी कांग्रेसकी कल्याणी खड्काले ६ हजार ७९१ मत प्राप्त गरिन् । १० वटा वडा रहेको नागार्जुनमा कांग्रेसले ५ वटा वडा जित्यो ।
एमालेले चारवटा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडामा जित हासिल गरेको थियो । तत्कालीन एमालेले १ देखि ४ नम्बर वडा जित्यो भने राप्रपाले ५ नम्बर वडा जित्यो । बाँकी कांग्रेसको पोल्टामा गयो । 
महानगरतर्फ १६, १७ र २५ वडा कांग्रेसले जित्यो भने १८ नम्बर वडामा मात्रै  एमाले विजयी भयो । तारकेश्वर नगरपालिकामा एमालेले मेयर–उपमेयर दुवै जित्यो । एमालेका रामेश्वर बोहरा ९ हजार ३२६ मतसहित मेयर निर्वाचित भए । काठमाडौंको तारकेश्वर नगरपालिकामा एमालेले मेयर–उपमेयर नै जित्यो ।  

एमालेका रामेश्वर बोहरा ९ हजार ३२६ मतसहित मेयर निर्वाचित भए । कांग्रेसका श्रीराम थापाले ७ हजार ७५७ मत पाएको पाए ।  उपमेयरमा एमालेकै भवानी डोटेल ९ हजार ७४६ मतसहित विजयी भइन् भने उनकी निकटम प्रस्पर्धी गीता न्यौपानेले ६ हजार ६२० मत पाइन् । 
तारकेश्वरमा एमालेले नगरपालिकाका ११ मध्ये ९ वडा जितेको छ भने कांग्रेसले दुई वडा र एक जना वडा सदस्य जित्यो ।
काठमाडौं ७ मा पाएको मतः कसको कति ? 
काठमाडौं ७ भित्र पर्ने महानगरका चारवटा, नागार्नुन र तारकेश्वरका ६ वटा वडामा पाएको मतको कुरा गर्दा, एमालेले स्थानीय निर्वाचनमा १३ हजार ८३५ मत र कांग्रेसले १२ हजार ६४६ मत पाएको छ । माओवादीले ३ हजार ४४१ मत पाएको छ । राप्रपाले २ हजार १ सय मत मात्रै पाएको छ । यही अंक गणितले वामदेवको भविष्य निर्धारण गर्ने छ । 

काठमाडौं महानगरका सात नम्बर निर्वाचन क्षेत्रमा पर्ने वडाहरुमा कांग्रेसले ८ हजार ९५८ सय मत ल्याएको छ । एमालेले ८ हजार ६५३ मत ल्याएको छ । माओवादीले २ हजार ३०३ मत ल्याएको छ । 
राप्रपाले भने जम्मा ९८० मत ल्याएको छ । तारकेश्वर नगरपालिकाको ३ नम्बर वडा कांग्रेसले जितेको छ । ४ र ५ नम्बर वडा एमालेले जितेको छ । जहाँ कांग्रेसको कूल मत २ हजार ४४४ छ भने एमालेको कूल मत ३ हजार ३४५ छ । माओवादीको मत ५०९ रहेको छ । राप्रपाको मत चाहिँ १८० रहेको छ ।

काठमाडौं ७ मा पर्ने नागार्जुन नगरपालिकाको तीनवटै वडा अध्यक्ष एमालेले जितेको छ । यहाँ एमालेको १ हजार ८३७ मत छ । कांग्रेसको मत १ हजार २४३ रहेको छ । माओवादीको मत ६२९ छ भने राप्रपाको मत ९३५ रहेको छ । यो मतको हिसाब गर्दा काँग्रेसको तत्कालीन एमालेसँग १ हजार १८९ मतको मात्रै फरक छ ।

तत्कालीन माओवालीको ३ हजार ४४१ मत छ । यो मत रामवीरले त पाए, तर वामदेवले पाउने कि नपाउने भन्ने विषय दाहाल र ओलीबीचको सम्बन्धमा पर्ने छ । अर्कोतिर, ओलीले दाहाल र माधव नेपाललाई चिड्याए वा विपक्षीले बलियो उम्मेदवार उठाए वामदेवको भावी राजनीति समेत धरापमा पर्नेछ । त्यसकारण दाहाललाई चिड्याउनु पहिलो घात हुनेछ भने, माधव नेपाललाई ठुङ्न खोजे बज्रपात नै हुनेछ । 

साभार : हाम्राकुरा डट कम

प्रतिकृया दिनुहोस

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी

"सरकारले दुई तिहाईको दम्भ देखाएको छैन"

काठमाडौं, कात्तिक । सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने सत्तारुढ दल

"बिरालोले पाठो सार्नु र नेकपाले भाका सार्नु एकै "

काठमाडौँ,  कात्तिक । लामो समयदेखि पार्टी एकताको गृहकार्यमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियाभन्दा आन्तरिक विवाद चाहि चरम