• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

बक्स अफिस म्यूजिक भिडियो अवार्ड भव्यरुपमा सम्पन्न 

काठमाडौं । बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड भव्यरुपमा सम्पन्न भएको छ ।  हालै थाइल्याण्डमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा २ हजार भन्दा बढी विभिन्न गीत तथा सांगीतिक क्षेत्रका स्रष्टालाई सम्मान गरिएका हो । कार्यक्रमको प्रमुख अथितिमा थाइल्याण्डका लागि नेपाली रजदूत लेखराज अधिकारी रहेका थिए । अवार्डबाट सम्मानित हुने स्रष्टाहरुलाई अथितिको रुपमा कार्यक्रममा सहभागी भएका कन्सुलर कृपाराम रिजाल, एनआरएनए जापान अध्यक्ष आशाजित अवाले र प्रतिज्ञा राई लगायतले १ सय ३० विधाका विभिन्न विजेता कलाकारलाई अवार्डसतिह सम्मान गरेका थिए । 

 

एकै थलोमा चलचित्रका गीत, लोक गीत, आधुनिक गीत, पप गीत, तीज गीत, मोफसल तथा विदेशबाट सहभागीतका जनाएका गीत तथा विभिन्न भाषाभाषी गीतका श्रष्टाहरुलाई अवार्डद्वारा सम्मान गरिएको हो । अवार्ड वितरणकै क्रममा थाइल्याण्डमा मैत्रीपूर्ण फुटबलको आयोजना समेत गरिएको थियो । त्यसो त नेपाली सांगीतिक बजार एक किसिमले सानो गाउँदेखि शहर हुँदै विदेशी भूमिमा समेत स्थापित भइसकेको छ ।

 

नेपाली गीत संगीत क्षेत्रमा लोक दोहोरी, आधुनिक र चलचित्रको गीत संगीतले बजारलाई व्यवस्थित बनाएको पनि छ । यसबीचमा राष्ट्रिय भावनाले ओतप्रोत, धार्मिक, नेवारी र तीजनका गीतहरु विशेष रुपमा सधैँ चर्चामा रहने गर्दछन् । बजारमा तीजका गीतको चर्चा बढी हुन्छ । गीत संगीत क्षेत्रमा सबैभन्दो ठूलो बजार मानिएको क्षेत्र भने लोकदोहोरी र आधुनिक हुन् । यसका अलावा पप गीत, जातीय गीत, धार्मित भजन लगायको पनि आफ्नै प्रभूत्व छ । यीनै विधाका गीतका स्रष्टाहरुलालाई समेटेर म्यूजिक भिडियो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । 

 

गीत संगीत क्षेत्रमा ५० हजार भन्दा बढी स्रष्टाहरु निरन्तर रुपमा सक्रिय रहेको पाइन्छ । यी विविध क्षेत्रका स्रष्टा तथा मोडलहरुलाई एकै मालामा उनेर नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको थालनी गरेको हो । पहिलो पटक विदेशी भूमिमा भएको बस्क अफिस म्यूजिक भिडियो अवार्ड भव्य र सभ्यरुपमा सम्पन्न भएको आयोजक बक्स अफिस फिल्मी क्लब नेपाल तथा बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए । उनले भने– ‘१ सय ३०  विधामा पहिलो पटक एकै थलमो धेरै नेपाली गीत संगीत क्षेत्रका स्रष्टाहरुहरुलाई उतार्न सफल भएकोमा गौरवान्वित छु  ।

 

त्यो भन्दा पनि अवार्ड कार्यक्रमलाई विदेशी भूमिमा भव्य र सभ्य बनाउन सहयोग गर्ने सहयोगी हातहरुप्रति आभार प्रकट गर्न चाहान्छु । यसले मलाई आगामी यात्रा थप उर्जा मिलेको छ ।’ कार्यक्रममा उपस्थिति भएका राष्ट्रिय गीत, चलचित्र, धार्मिक, तीज, आधुनिक, लोकदोहोरी, भाषा भाषी, पप गीतका स्रष्टाहरुले आफ्नो सांगीतिक प्रस्तुतीले कार्यक्रमलाई थप मनमोहक बनाएका छ । नेपाली गीत संगीत क्षेत्रमा वृहत योजनासहित थालिएको यो पृथक अवार्ड कार्यक्रम सम्भवतः नेपालकै उत्कृष्ट बनेको आयोजकको दाबी छ । गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएको विभिन्न गीत संगीतहरुलाई छनोट गरी उत्कृष्ट मध्येको उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । 

 

बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लक बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ । 

प्रतिकृया दिनुहोस

मेक्सिकोकी सुन्दरीलार्इ मिस वर्ल्डको उपाधि

काठमाडौं, मंसिर । 'मिस वर्ल्ड २०१८' को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

टप पाँचबाट बाहिरिइन शृङ्खला

  काठमाडौं, मंसिर । ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम टप पाँचबाट शृङ्खला बाहिरिएकी छन ।  शृङ्खला टप १२ मा पुगेकी थिइन् । शनिबार साँझ भएको फाइनलको पहिलो

११ करोडको पोशाक : के के छन यसका बिशेषता ?

काठमाडौं,  । चर्चीत हलिउड मोडल एल्सा होस्कले हालै र्याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेकी छन् । केहि दिन पहिले हलिउडको   फेशन शो मा एल्सा होस्कले