• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण सात निर्णय

काठमाडौं । आइतबार दिउँसो मन्त्रीपिरषद्को कार्यलयमा बसेको बैठकले बिभिन्न निर्णयहरू गरेको छ । सरकारी स्वमित्वको सञ्चारगृह गोरखापत्र संस्थानमा नियुक्तिदेखि लिएर उखु किसानका समस्याका विषयमा पनि बैठकले निर्णहरू गरेको हो । बैठकले पत्रकारको तलब पनि बृद्ध गरेको छ । 
बैठकका निर्णयहरू बुँदागतरूपमा

  • उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखि रणनीति तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा उखु उत्पादक संघ , चिनी उत्पादक संघ , उपभोक्ता हित संरक्षण सम्बन्धी संस्थाका साथै उद्योग , अर्थ र कृषि मन्त्रालयका सहसचिवहरु रहने छन् ।
  • गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत माग्दै यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ ।
  • विश्व बैंकको अन्तराष्ट्रिय बिकास संस्थाबाट उर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागी ऋण स्वरुप ११ अर्व ६३ करोड रुपैया स्वीकार गर्नका लागी अर्थसचिवलाई अख्तियारी प्रदान गर्ने ।
  • बैठकले जापान सरकारले सिन्धुली सडक सुधारका लागी प्रदान गर्ने १ अर्व ४ करोड रुपैयाँ सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • नागरिक लगानी कोषको सञ्चालकमा डाक्टर रामचन्द्र भट्टराईलाई मनोनयन गरि सञ्चालक समितिको अध्यक्ष तोकिने निर्णय पनि बैठकले गरेको छ ।
  • बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका र कोष्टारिका भ्रमणका क्रममा भएका मुख्य गतिविधीका बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

आईतबारदेखि राजीनामा या सेवा बहिष्कार दुईमा एक हुन्छ : सरकारी चिकित्सक

काठमाडौँ ।  कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेको भन्दै आईतबारदेखि

सांसदले थाहा नपाइकनै कर्मचारी समायोजन विधेयक समितिबाट पास

काठमाडौँ ।  राज्‍य व्‍यवस्था समितिको बैठकबाट सांसदलाई जानकारी नदिइकनै कर्मचारी समायोजन विधेयक पास भएको छ। शुक्रबार राज्‍य व्‍यवस्था समिति

प्रधानसेनापतिद्वारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

  काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् । जङ्गी अड्डा