• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

चंगा र मट्टीमालाको भिडन्त आजबाट  

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट दुर्ईवटा चलचित्र प्रदर्शनमा आएका छन्– ‘चंगा’ र ‘मट्टीमाला’ । दुबै चलचित्र कमेडी जनराका हुन् । कमेडी–कमेडी चलचित्रको भिडन्त भन्दा पनि दुबै चलचित्रमा वुद्धि तामाङको अभिनय रहेका कारण अझ बढी रोचक भिडन्त हुने देखिएको छ । त्यसो त नेपाली चलचित्र इतिहासमा सोलो प्रदर्शनको अवसर कमै चलचित्रले मात्र पाउने गरेका छन् । विग बजेटका तथा प्रतिक्षित चलचित्रले पनि सोलो रिलिज नपाइरहेको कमेडी जनराका यी दुई चलचित्रले सोलो रिलिज नपाउनु नौलो रहेन । 
आजबाट प्रदर्शनमा आएको अर्को चलचित्र चंगामा बुद्धि तामाङ्ग, कमलमणि नेपाल, किशोर भण्डारी, अंकीत खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमल्सिना, जिवन भट्टराई, राजन खतिवडा, प्रेम वर्षा खड्का, लक्की भण्डारी लगायत कलाकारले अभिनय रहेको छ । सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको चंगा टोली दर्शकको साथ पाउनेमा दंग देखिएको छ । 
कन्टीन्यूज मुभि मेर्कसको ब्यानरमा रेश्मा तिमल्सिनाले निर्माण गरेको यो चलचित्रलाई किशोर भण्डारी ‘डिठ्ठा साब’ले निर्देशन गरेका हुन् । यो चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत, कविराज गहतराजको कोरीयोग्राफी, रविन आचार्यको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । 
चलचित्र चंगालाई राजधानीमा वितरणको जिम्मा करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनीले लिएको हो । हास्य कलाकार भण्डारीले चलचित्र निकै राम्रो बनेको र चलचित्र फुल कमेडी रहेको बताए । उनले दर्शक हलमा आएपछि कुनै पछुताउनुपर्ने कुनै अवस्था नरहेको दाबी गरे । डेब्यू निमात्री रेश्माले चलचित्र निकै नै राम्रो बनेको र आफू चलचित्रबाट निकै आशावादी रहेको बताइन् । चलचित्रको नाम जस्तै चलचित्र हेरेपछि दर्शकको मन पनि चंगा हुने दाबी गरिन् । कलाकारितामा रुची राख्ने रेश्माले ‘डिठ्ठा साप’ टेलिफिल्ममा अभिनय गरेर दर्शकको मन जितेकी छिन् । टेलिफिल्म हुँदै ठूलो पर्दामा पुगेकी रेश्माले आफ्नो मेहनत र लगावलाई चंगामा प्रस्तुत गरेको भन्दै चलचित्रबाट ठूलो आशा राखेकी छिन् । 
त्यस्तै आजबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘मट्टमिाला’का मुख्य नायक पनि बुद्धि नै हुन् । 
पौरखी फिल्मस्को प्रस्तुतीमा तयार भएको चलचित्र ‘मट्टीमाला’मा वुद्धि लगायत रजनी गुरुङ, प्रियंका कार्की, पृथ्वी राई, शिशिर राना, चिरन राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको ‘बेचिदिन्थे यो जवानी’ले बजारमा राम्रै चर्चा पाएको छ । जसमा नायिका प्रियंकाले कम्मर मर्काएकी छिन् । चलचित्रको लेखन तथा निर्देशन टेके पौरखी राइले गरेका हुन् । चलचित्रको ट्रेलरमा एउटा माला र त्यसको वरिपरी कथा घुमेको देखाइएको छ । चलचित्रमा कलाकार वुद्दि तामाङले रजनीसँग रोमान्स गरेका छन् । 
कमेडी चलचित्रको भीडन्तमा दुबै चलचित्रका निर्माण पक्षले आ–आफ्नो चलचित्र राम्रो रहको दाबी गरिरहेका बेला दर्शकले भने कसलाई पत्याउने हुन् ? त्यो भने आइतबारसम्मको व्यापारिक रिपोर्टले प्रष्ट्याउने छ । 

प्रतिकृया दिनुहोस

मनिष र मलिनाको अग्निपरीक्षा आजबाट

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट ‘तिमी हुन्छौ जहाँ जहाँ’ दर्शकमाझ आएको छ । चलचित्रको प्रदर्शन अगावै निर्माण टोलीले देखाएको

विनय र सृष्टिको प्रेम, विछोड र रोमान्स

काठमाडौं । हरेक चलचित्रमा द्वन्द्व, प्रेम, विछोड र रोमान्स देख्न सकिन्छ । तर, कुनै चलचित्र पूरै एक्सन अवतारमा आधारित भएर निर्माण गरिन्छिन् त कोही

‘पुरानो बुलेट’ निर्माणको घोषणा

काठमाडौं । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा नयाँ फिल्म ‘पुरानो बुलेट’ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको