• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

सन्दीपको पाँच विकेटमा रमायो दिल्ली लेख्यो यस्तो ट्वीट

अाइपीएलमा पुनः भित्र्याउने आशय

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपालबाट पहिलो पटक सहभागिता जनाएका नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले अझै पनि पछ्याइरहेको छ ।इपीएलमा शानदार प्रदर्शन गरेका सन्दीपले क्रिकेटमा निकै नै सफलता बटुल्दै गइरहेका बेला उनलाई थप उर्जा दिने काम दिल्लीले गर्दै आएको छ । बुधबार मलेसियाविरुद्ध भएको खेलमा सन्दीपले शानदार पाँच विकेट लिएपछि दिल्लीले ट्वीट गर्दै लेखेको छ–

.@IamSandeep25 was at it again, ripping apart the Malaysia batting lineup with a sensational 5-fer in the ICC World Twenty20 Asia region qualifiers.#DilDilli #Dhadkega pic.twitter.com/KLANGIsUa2

— Delhi Daredevils (@DelhiDaredevils) October 6, 2018

यसरी सन्दीपको सफलतामा आम नेपालीले शुखी व्यक्त गरिरहँदा दिल्लीले समेत उनको आगामी खेलमा उर्जा थप्न गरेको ट्वीटले आगामी आइपीएलको संस्करणमा समेत दिल्लीले आफ्नो टिममा पुनः भित्र्याउने आशय व्यक्त गरेको बुझिएको छ ।

मलेसिया विरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदाँ सोमपाल कामीले ३ र खड्काले १ विकेट लिए । मलेसियाको ब्याटिङ इनिङ्स ध्वस्त पार्न एक्लै ५ विकेट लिएका सन्दीपको यो टी २० क्रिकेटको करियरकै उत्कृष्ट प्रर्दशन समेत बन्यो ।

साथै नेपालबाट टी–२० क्रिकेटमा एक्लै एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बन्ने कीर्तिमान राखे । यस अघि बसन्त रेग्मी र शक्ति गौचनले एकै खेलम ४–४ विकेट लिँदा ५ विकेट कसैले लिन सकेका थिएनन् । लिस्ट ए मा भने सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले एक्कै खेलमा ५–५ विकेट लिएका छन् ।

प्रतिकृया दिनुहोस

एसिया छनोटको तयारीमा जुट्छौंः कप्तान खड्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबा त्रिभुवन

महिला भलिबलको उपाधि एपीएफलाई

बाग्लुङ । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न

क्यान विवाद समाधानतर्फ, बोर्ड बैठक बोलाइयो 

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको विवाद समाधानको दिशामा देखिएको छ । विधान संशोधनदेखि स्वतन्त्र समूहको निर्माणसँगै सर्बोच्चको मुद्धाका विषयमा