• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

"काठमाडौ, गोदावरी, जोमसोम र चौरझारीमा औसतभन्दा बढी वर्षा"

मनसुन दूई साता ढिला बाहिरियो


काठमाडौं, असोज । नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । हिजो नेपालको पुर्वीभागबाट यसबर्षको मनसुन बाहिरीएको मौसमविद शान्ति कँडेलले सञ्चा।कर्मीलाइ बताइन् ।  
गएको अक्टोबर एक तारिखमा नेपालको पश्चिमी भागबाट बिदा भएको मनसुन पूर्वी भाग हुँदै देशभरीबाट बाहिरिएको छ । सामान्यतया जून १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा मनसुन बाहिरिने गरेपनि यसपालि दुईदिन अघि जून ८ मा मनसुन भित्रिएर दूई साता ढिला अक्टोबर ५ मा विदा भएको मौसमविद कँडेलले जानकारी दिइन् ।  

नेपालमा गएको केही वर्षदेखि नै मनसुन बिदा हुने समय लम्बिँदै गइरहेको छ । पश्चिम क्षेत्रबाट मनसुन बाहिरिसकेकाले मध्य र पूर्वमा भने निकै कमजोर बन्दै गएको थियो । 

बंगालको खाडीदेखि भारत हुँदै पूर्वी नेपालबाट मनसुनी वायु भित्रिने गर्छ । जसले गर्दा जुन महिना देखि सेप्टेम्बर महिनासम्म धेरै वर्षा हुने गर्छ । नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत वर्षा यही चार महिनाको अवधिमा हुन्छ । सेप्टेम्बर महिनाको अन्त्यसँगै बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै विदा हुन्छ । पूर्वी नेपाल हुँदै फैलिने मनसुनी प्रणाली पश्चिमबाट सफा हुँदै बाहिरिने गर्छ । 

मनसुन बिदा भएपछिको समयमा भने स्थानीय प्रणाली तथा समुन्द्रमा आउने चक्रवातका कारण कहिलेकाहीँ वर्षा हुने गर्छ । बंगालको खाडीमा विकास भएको मौसमी प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने मनसुनसँगै विदा हुन्छ ।

मनसुन सकिने आधार 
सामान्यतया मनसुन सकिनै लाग्दा पानीपर्ने मात्रा कम हुदै जाने, हावा पश्चिमबाट पुर्व चल्न थाल्ने, सूर्यको किरण जमिनमा ठोक्किएर बाहिरिने अवस्था बढीहुनुपर्ने लयागतका गतिबिधी सक्रिय हुनुपर्ने मौसमबिद समिर  श्रेष्ठले जानकारी दिए । 

मनसुनमा बंगालबाट सुरु भएको बायु पुर्वबाट पश्चिमतर्फ सर्ने गर्छ भने मनसुन सकिदा यो वायु परिवर्तन भई पश्चिमबाट पुर्व सर्ने प्रक्रिया सक्रिय हुने मौसमविद श्रेष्ठको भनाई छ । मनसुन सकिने मुख्य अवस्था भनेकै पश्चिमी वायु बलियो हुदै जानुपर्ने हो ।

मनसुनमा काठमाडौ उपत्यकामा अनुमान गरेभन्दा बढी वर्षा 
यसपालीको मनसुनमा काठमाडौ उपत्यकामा औसत भन्दाबढी वर्षा भएको छ । काठमाडौ, गोदावरी, जोमसोम र चौरझारीटारमा यसपाली औसत भन्दाबढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

यो मनसुनको समयमा विगतका वर्षमा भन्दा बढी ११ सय मिलिमिटर वर्षा हुने विभागले पुर्वानुमान गरेपनि १२ सय मिलिमिटर भन्दा बढी वर्षा भएको विभागका मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभएको छ । 
विभागले औसतभन्दा बढी ११ सय मिलिमिटर वर्षा हुने पुर्वानुमान गरेको थियो भने मनसुनको अन्त्यमा पुर्वानुमान गरेभन्दा पनि बढी १२ सय भन्दा बढी वर्षा भएको छ । 
 

प्रतिकृया दिनुहोस

संसदमा मन्त्रीसँग प्रश्नाेत्तर [LIVE]

काठमाडौं, २३ माघ । प्रतिनिधिसभाको आज बसेको बैठकमा मन्त्रीहरुसँग प्रश्नोत्तर भइरहेको छ । दिउँसो १ बजेबाट सुरु भएको बैठकमा ५ मन्त्रीले सांसदहरुको

'लामो सङ्घर्ष : पटके शिलान्यास र समृद्धिको आशा'

विर्तामोड, माघ । नेपाल–भारत सिमास्थित मेचीपुलबाट वारपार गर्नेको चहलपहल यतिखेर बढेको छ ।  झापाको भद्रपुर नगरपालिका–५ र भारतको गलगलिया जोड्ने