• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

'५ वर्षसम्मै यही सरकार, त्यसपछि त झनै बलियो'

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् ।

राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भने, ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो ।

बजेट नै राम्ररी निकासा हुन पाएको छैन । अहिल्यै त्यो भएन र यो भएन भन्ने ?’ प्रतिनिधिसभामा आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपालले गरेको विरोधप्रति ओलीले ‘कवितात्मक रूपमा केही भनिएको तर आफूले पूरै सुन्न नपाएको’ प्रतिक्रिया दिए ।

‘मान्छे–मान्छेबीच कहिलेकाहीँ के चित्त बुझेको हुँदैन, कवि मनले कविता भनिहाल्यो भने पनि त्यसैकै पछि कुद्नु पर्दैन,’ ओलीले भने, ‘हावा चल्यो, पात बह्यो, त्यसकै पछाडि राजनीति कुद्ने होइन ।’
 

मुलुक पछिल्लो ७ महिनामा मात्रै गरिब नभएको तर्क गर्दै उनले भने, ‘बाटाघाटा यही ७ महिनामा नबनेका हुन् ? पहिले त पिच नै पिच थिए जसरी आलोचना भइरहेको छ ।’


नेता नेपालले गतसाता प्रतिनिधिसभा बैठकमा सरकारको काम देख्दा दिक्क लाग्न थालेको र देशै डुब्न लागेको धारणा राखेका थिए । उनले माधव नेपालसँगको ०२९ सालदेखिको आफ्नो सम्बन्ध अहिले पनि घनिष्ठ रहेको बताए ।

सरकारले एउटा पनि नराम्रो काम नगरेको दाबी गर्दै उनले भने, ‘यसबीचमा सरकारले देशभित्र र बाहिर नराम्रो काम एउटा पनि गरेको छैन, राम्रो काम गरेको छ, गर्ने कोसिस गरिरहेको छ ।’ प्रधानमन्त्रीले कानुनहरू निर्माण भएको र विकासका काम पनि अघि बढिरहेको दाबी गरे ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ । 

प्रतिकृया दिनुहोस

'पास गर्‍यो कांग्रेसको आर्थिक नीति'

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले  सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव

कांग्रेसभित्र गुटबन्दी, पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौँ – नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै