• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

"संसदीय समिति : दादागिरी देखाउदै निरीह बनाउ खोजे मन्त्रीले"

संसदीय समितिलाई पंगु बनाउन खोजियो


काठमाडौं, असोज । संसदीय समितिले सामान्यतया सरकारलाई गलत काम भए सही गर्नका लागि निर्देशन दिने गर्छ । यसअर्थमा संसदीय समिति शक्तिशाली हुने गर्छ । तर सँधै त्यस्तो नहुने रहेछ । 
असोज १८ गते बिहीबारको दृष्य अरु समयको तुलनामा फरक रह्यो । त्यो समय संसदीय समिति निरीह र सरकारका मन्त्रीको दादागिरी स्पष्टै बाहिर आयो । संसदीय समितिमा मन्त्री उत्तरदायी भएर होइन, गुण्डा जस्तो दादागिरी गर्दै प्रस्तुत भएको बैठकमा देखियो । 
विकास समिति सभापति कल्याणी खड्काले नेपाल टेलिकमका प्रबन्ध निर्देशकको पदपूर्तिबारे विषयमा बोल्दै गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले बीचमै रोकेर आफ्नो आपत्ति राखेर त्यस्तै रुपमा प्रस्तुत भए । 
मन्त्री बास्कोटाले एउटा विषयमा छलफल गर्ने अनि अर्को विषयमा निर्देशन दिने काम कसले गर्यो भनी पड्किए । त्यस लगत्तै उनले समितिलाई निर्देशन दिएरै निर्णय नै उल्टाउन लगाए । समिति शक्तिशाली कि मन्त्री ? त्यो पनि समितिकै बैठकमा ? 
उनले समितिलाई पाठ पनि पढाए । सञ्चार मन्त्रालयको प्रगति विवरण र आगामी कार्यक्रमबारे कुरा बुझ्न समितिले मन्त्री बास्कोटालाई बोलाएको थियो । 
त्यहाँ सांसदहरूले नेपाल टेलिकमको वेथितिबारे असुन्तुष्टि जनाएका थिए । तर मन्त्री बास्कोटाले त्यसलाई बेवास्ता गर्दै आफ्नो निर्णय सुनाए । \ मन्त्रीले सभापतिलाई निर्णय प्रक्रियामा रोक्नु संसदीय सर्वोच्चताको उल्लंघन हो । समिति सभापतिले मन्त्रीको हस्तक्षेप रोक्न नसक्नु दुर्भाग्य हो । 
यसबाट स्पष्टै हुन्छ कि सरकारले गलत काम गरिरहेको छ । त्यही गलत कदमलाई रोक्न समिति प्रयासरत थियो । तर समिति सभापति खड्का लाचार भइन् । कुनै प्रतिक्रिया जनाइनन् । जे मन्त्रीले भने त्यही मानिन् । 
यहाँ दुवै नेपाल कम्युनिष्ट पार्टी नेकपाका । तर एउटा प्रक्रिया हुन्छ । त्यो पूरा भएन । मन्त्री गलत ठाउँमा हावी भए । 
सरकारले टेलिकमको प्रवन्ध निर्देशकबाट कामिनी राजभण्डारीलाई गत साउनमा हटाएयता उक्त पद रिक्त छ भने दूरसञ्चार प्राधिकरणमा अध्यक्ष दिगम्बर झाको पृुनर्नियुक्ति भएको छ । 
यसबारे सांसदहरुले कुरा उठाउँदा पनि मन्त्री बास्कोटाले झाको नियुक्ति नियम, कानुनसम्मत र संवैधानिक रुपमै भएको जिकिर गरे । त्यतिमात्र भनेनन् लेनदेन भएको भन्ने कसैलाई लाग्छ भने पुष्टि गरेर आउन पनि चेतावनी दिए । 

प्रतिकृया दिनुहोस

नेपालमा आठ रेक्टरको भूकम्प आउने खतराः वैज्ञानिक

काठमाडौं – नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय

"सङ्घीयता नयाँ विषय भएकाले बलियो बनाउन लाग्नुपर्छ"

काठमाडौँ, मंसिर । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा  प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आज

न्याय परिषदद्धारा प्रधानन्यायाधीशका लागि जोशी र राणाको नाम सिफरिश

काठमाडौँ, मंसिर । संवैधानिक परिषद् बैठक आज  बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बैठक