• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

प्रदेश नं. २ बैठक : प्रदेशसभाको बैठक पाँच मिनेटमै सकियो


 

धनुषा, असोज । प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ ।  प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि आज बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो । 

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गाउँ र नगरसभा कानून निर्माण तथा करार कर्मचारी भर्नासम्बन्धी बनेको विधेयक छलफलका लागि प्रस्तुत गरे । 

प्रदेश सरकारले संसद् सचिवालयमा प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदर्सा बोर्ड गठन, यातायात व्यवस्थासहित ६ वटा विधेयक दर्ता गराए पनि बैठकमा दुई विधेयकमात्र प्रस्तुत गरिएको हो । 

प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । शुक्रबारको बैठकमा दुवै विधेयकमाथि छलफल शुरु हुने जनाइएको छ । 
––– 

प्रतिकृया दिनुहोस

प्रदेश नं ३ : राजधानी बिबाद मतदानबाट टुंगो लगाइने

हेटौंडा, मंसिर । मतदान प्रक्रियाबाट प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन राजनीतिक दलबीच सहमति भएको छ।  सभामुख सानुकुमार श्रेष्ठले सोमबार

प्रदेश  ५ : प्रदेशसभा बैठक २६ गतेका लागि बोलाइदै

  बुटवल, मंसिर ।  यही मंसिर २६ गतेप्र देश ५ प्रदेशसभाको बैठक बस्ने भएको छ। मन्त्रिपरिषद् बैठकले २६ गते दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गर्नका लागि

गण्डकी प्रदेश समन्वय परिषद् बैठक

पोखरा, मंसिर । गण्डकी प्रदेश समन्वय परिषद्को बैठकले विभिन्न २६ बुँदे निर्णय  गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा