• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

सेना र कोरियन कम्पनी सुसुङले गरे निर्माण हस्ताक्षर

लागत १० करोड १३ लाख : १०५ दिनभित्र तयार गरिदै


काठमाडौँ, असोज । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौं –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक ) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ ।
राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । 
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको थियो । 
आयोजना प्रमुख खाँणले डिपिआरका लागि छनाट भएको कोरियाको सुसुङ कम्पनीसँग आज निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए।

उक्त डिपिआर करीब रु १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी आगामी १०५ दिनभित्र तयार हुने जनाइएकोछ । द्र्रुतमार्गको डिपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । एशियाली विकास बैँकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दैआएको छ ।

फाष्ट ट्रयाक आफैँमा बृहत् र विशिष्ट आयोजना भएकाले समयसीमाभित्र जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यकिन रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभावसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको आयोजना प्रमुख खाँणले जानकारी दिए।

प्रतिकृया दिनुहोस

काठमाडौं आज यो वर्ष हालसम्मको सबैभन्दा चिसो

काठमाडौँ – बुधबार देशका पूर्वी र पश्चिमि भूभागका साथै मध्य पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी भूभागमा

चीनले हिन्द महासागरमा आफ्नो प्रभाव बढाउदै

काठमाडौं, मंसिर । भारतीय जलसेनाले चीनको प्रभाव पछिल्लो समय हिन्द महासागरमा  बढ्दो क्रममा रहेको  बताएको छ । दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव

अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ ।‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली