• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

अमेरिकी अदालत : बयान नेपाल भाषाबाटै दिन पाइने

नेवार समुदाय उत्साहित

अमेरिका, असोज । अमेरिकामा नेपाल भाषा (नेवारी भाषा) प्रयोग गर्न पाउने भएको छ । अमेरिकास्थित ओरेगन राज्यको अदालतले नेपाल भाषा प्रयोग गर्न अधिकार दिएको हो ।
नेवार समुदायलाई नेपाल भाषाबाटै अदालतमा बयान दिने अधिकार दिएको र अदालतले दोभासे प्रयोग गर्ने जनाइएको छ । यहि सेप्टेम्बर ११ देखि २३ भएको ओरेगन राज्यको व्यवसायिक दोभासेहरुको सम्मेलनमा सो प्रस्ताव पारित गर्दे माग बमोजिम अदालतले पनि सो अधिकार दिएको जनाइएको छ ।
अमेरिकामा बसोवास गर्ने नेवार समुदायको तर्फबाट भाषाविद् दयारत्न शाक्यको पहलमा सो अधिकार प्राप्त गर्न सफल भएको जनाइएको छ ।
नेवार समुदायको आफनै मौलिक लिपि र भाषा भएकाले अदालती समस्या आए आफनै भाषा प्रयोग गर्न पाउने मागलाइ सकारात्मक रुपमा लिदै अधिकार दिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् ।
अब संबैधानिक अधिकार पालना गर्दे अदालतका न्यायाधिश सामु नेपाल भाषा प्रयोग गरेर आफ्नो भनाई राख्न पाउने अधिकार प्राप्त भएको भाषाविद् शाक्यले जानकारी दिए। अब अमेरिकाको अन्य राज्यहरुमा पनि यस्तो अधिकारका लागि पहल गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

अमेरिकामा नेपाली भाषा कक्षा : ‘नाङसाल’ सञ्चालन

न्युयोर्क, कात्तिक । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा ‘नाङसाल’

नेपाली विद्यार्थीले पैचिङमा मनाए दसैं

पैचिङ, असोज । यूनिभर्सिटी अफ चाईनिज एकेडेमी अफ साइन्सेज (यूकास) को चालिसौं वार्षिकोत्सव र पहिलो अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवको अवसरमा चीनको

साउदीमा ६ वर्षदेखि बन्धक निर्मला स्वदेश फिर्ता 

काठमाडौं ।  ६ वर्ष पहिलेदेखि साउदीको एउटा घरमा बन्धक बनेकी निर्मला तामाङ घर फर्किएकी छन्। घरेलु कामदारको रुपमा साउदी पुगेकी सुनसरीको भरौलाकी