• सोमबार ६-८-२०७५/Monday 09-24-2018

पात्र फेरिए, प्रवृत्ति उही

आज गणतन्त्र घोषणा भएको दिन । जनआन्दोलन २०६२÷०६३ को जगमा घोषणा भएको ऐतिहासिक दिन ।  जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्रम स्थापना भएको खुशीयालमी विविध कार्यक्रम गरिन थाले पनि आम नागरिकले गणतन्त्र के हो आभाष गर्न सकेका छैनन् ।

२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलकलाई गणतन्त्र मुलुकका रुपमा घोषणा गरेको थियो । मुलुकमा बंशजका आधारमा  शासन गर्ने परम्परा अन्त्य भए पनि जनताले अझै गणतन्त्र के हो बुझ्न सकेका छैनन् । परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अब मुलकमा शान्ति, स्थायित्व,  शासक र जनताबीचको दुरी अन्त्य हुने तथा मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ । तर मुलुक गणतन्त्र स्थापनको ११ बर्षमा प्रवेश गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।

कुनै महत्वपूर्ण कार्यक्रममा उच्च अहोदाका व्यक्तिहरुको उपस्थित हुँदा गरिने सडक बन्द र कार्यक्रमको शैलीले व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति नहेटको देख्न र सुन्न पाइन्छ । अब मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने आवश्यकता खड्किएको छ ।

प्रतिकृया दिनुहोस

किसमिस खानुका चामत्कारिक फाइदा जानिराखौं

काठमाडौं । आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले

आत्महत्या बढी हुने १० प्रमुख देशमा नेपाल पनि

काठमाडौं, भदौ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सेप्टेम्बर १० लाइ विश्व आत्महत्या रोकथाम दिवसको रुपमा मनाइदै छ । आमहत्या रोकथाम दिवसको लागि यो वर्षको

याेगा गर्नुहुन्छ ? यि ९ कुरामा ख्याल पुर्याउनुहाेस्

काठमाडाैं । स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना एकदमै फाइदाजनक हुन्छ । तर, योगा गर्दा केही सावधानी अपनाउनु नै पर्छ । योगा गर्दा केहि