• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

उता प्रधानमन्त्री भन्छन् : 'विश्वले नेपालबाट सिकोस्', यता नेपाल भन्छन्, : 'देश डुब्न लाग्यो'



 नेकपा बरिष्ठ नेता माधवकुमार नेपालले बिहिवार (असोज ११) संसदमा गीत गाए – मेरो देश डुब्न लाग्यो, माझी बचाइदेउ । त्यसपछि नेपालले भोलिपल्ट शुक्रबार नेकपा स्थायी समितिका सदस्यहरुको अनौपचारिक भेला गरे । त्यसमा नारायणकाजी श्रेष्ठ,वामदेव गौतम, सुवास नेम्वाङ पनि सहभागि भए । सहभागिता नै पक्षविपक्ष भने होइन, यसलाई आफू देखिने ‘दवावमूलक रणनीति’ भन्न सकिन्छ । फेरी भर्खर बनेकोले अहिले नै नेकपा समस्या छैन, यस्ता भेला सामान्य हुन् । 
    

मुद्दा असोज ५ को बैठकको हो । त्यस दिनको सचिवालय बैठकले ७ प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोक्यो । त्यसबेला माधव नेपाल घाना र नारायणकाजी श्रेष्ठ चीनमा थिए । देशविदेश सबै बुझ्नुपर्छ भन्ने नेता नेपाल यतिबेला त्यही अभियानमा छन् र बाक्लै बिदेश भ्रमणमा गइरहन्छन् । अध्यक्षद्धयले त्यही बेला बैठक बोलाए । आफू नबसेको बैठकका निर्णयमाथि स्वामित्व लिन उनलाई अफ्ठ्यारो लागेको हुनुपर्छ ।    

नेता नेपालको बुझाईमा जुन गल्ती अध्यक्षद्धयले गरे, त्यही गल्ती उनै नेपालले पनि गरे । जुनबेला ओली र प्रचण्डले प्रदेश नेतृत्व तोके, त्यसबेला नेपाल र श्रेष्ठ देशबाहिर थिए । जुनबेला नेपालले संसदमा गीत गाए, भेला गरे र श्रेष्ठले त्यसमा समर्थन गरे, त्यसबेला दुबै अध्यक्ष मुलुकबाहिर छन् । 
नेपाल र श्रेष्ठले शायद दुबै अध्यक्षसँग प्रदेश नेतृत्व तोकिएकोबारे सम्वाद पनि गरेका छैनन् । पहिला सम्वाद गरेरमात्र आवश्यक भए भेला बोलाएको वा संसदमा गीत गाउँदा राम्रो हुन्थ्यो । 

कार्यबाहक कसैलाई दिइएन भन्ने चाँही तार्किक मुद्दा होइन । स्थायी समितिको बैठक बोलाएर किन स्थगित गरियो रु र, किन सचिवालयबाट प्रदेश नेतृत्व चयन गरियो भन्ने प्रश्न तार्किक हुनसक्छ ।

मुलत् कुन समयमा पार्टीका दुबै अध्यक्ष र सरकारबिरुद्ध ‘संगठित’ जस्तो देखिने विरोध शुरुभयो भन्ने हो । त्यसो त प्रधानमन्त्री ओली न्युर्योक लागेपछि अर्का अध्यक्ष प्रचण्डले पनि सरकारप्रतिको असन्तुष्टी राखे । र, लगत्तै पत्नी सिताको उपचारका लागि सिंगापुर लागे । 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दुईमहिना हुँदा पनि अपराधी पत्ता नलाग्दा जनआक्रोस छ । त्यसमा नेता नेपाल आक्रोसित हुनु स्वभाबिक छ । त्यसमा प्रधानमन्त्री पनि चिन्तित छन् । त्यसको प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्वनबाट प्रष्ट हुन्छ प्रधानमन्त्रीको गम्भीरता ।  

जुनबेला ओली र प्रचण्डले प्रदेश नेतृत्व तोके, त्यसबेला नेपाल र श्रेष्ठ बाहिर थिए । जुनबेला नेपालले संसदमा गीत गाउँदै भेला गरे र श्रेष्ठले स्वर थपे, त्यसबेला दुबै अध्यक्ष बाहिर छन् ।
जुनबेला काठमाडौंमा सरकारमाथि आक्रोस पोखिदैंछ, ठिक त्यही बेला न्युर्योकमा प्रधानमन्त्री ओली प्रशंसा बटुलिरहेका छन् । नेपालको सार्वभौम, स्वतन्त्र र स्वभिमानी छवी स्थापित गरिरहेका छन् ।

नेपाललाई तेश्रो बरियता दिएकोमा झलनाथ खनालको पनि अध्यक्षद्धय बिरुद्ध आक्रोस छ । त्यहीभएर उनी नेपालले नेतृत्व लिएको अनौपचारिक बैठकमा गएनन् । 

बर्दियाबाट पराजित वामदेव गौतमलाई फेरी टुरिष्ट उम्मेद्वार बनाएर किन संसद प्रवेश गराउन खोजिदैंछ वा गौतम किन हत्ते गर्दैछन् रु आक्रोस यतापनि छ । एक अध्यक्ष प्रधानमन्त्री भएका बेला, उत्तर र दक्षिणका समकक्षीसँग निरन्तर सम्वाद भएर न्यानो सम्वन्ध स्थापना भएका बेला अर्का अध्यक्षको उत्तर दक्षिण यात्रा किन रु सन्देह यहाँ पनि उठ्यो । 

कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीलाई देशभित्रका राम्रा र नराम्रा सबै काममा जिम्मेवार ठहर्याइन्छ । त्यसको अर्थ सबैमा प्रधानमन्त्री संलग्न भएको भन्न मिल्दैन् । त्यसरी छेडिने वहस र चलाइने कदमले शक्ति प्राप्त गर्दैन । जस्तो असोज ३ को सिके राउतको नेपालबिरोधी जनकपुरसभा र बिप्लवका सिलसिलेवार आंतकको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ तर समाधानमा माधव नेपाल, वामदेव गौतम र शेरबहादुर देउवाको समेत सहयोग आवश्यक पर्छ । यस्ता समस्या मुलुकमा छन् । जसको समाधान प्रधानमन्त्रीको एकोहोरो आलोचनाबाट हुँदैन । त्यसमा पनि पार्टीकै बरिष्ठहरुबाट सार्वजनिक आक्षेप लगाउन थालेपछि अवस्था के हुन्छ रु 
  
जुनबेला काठमाडौंमा सरकारमाथि आक्रोस पोखिदैंछ, ठिक त्यही बेला न्युर्योकमा प्रधानमन्त्री ओली भने नेपालको सार्वभौम, स्वतन्त्र र स्वभिमानी छवी स्थापित गरिरहेका छन् । विश्व पूजीवाँद केन्द्र मानिने न्युर्योकको युएन भवनभित्र ओली यति व्यस्त छन् कि उनी हरेक दिन बिश्वलाई नेपाल चिनाउँदैछन् ।

नेपाली प्रधानमन्त्रीको आत्माबिश्वास यसरी राष्ट्रसंघमा सार्वजनिक भएको शायद थिएन । पूर्वनिर्धारित बैठक सिमित थिए, ती त्यहाँ पुगेपछि फराकिला भए । क्यानडाका युवा प्रधानमन्त्री जष्टिन टुडेबाट आरम्भ भएको ओलीको समकक्षीको वार्ता बेलायती प्रधानमन्त्री थेरेसा मेसम्म पुग्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको डिनरअघिको दुई मिनेटको भलाकुसारीमा ओलीले बिशिष्ट शान्ति प्रक्रिया र संविधानसम्मको ब्रिफिङ गर्न भ्याए । 

अस्टे«लियाका पूर्वप्रधानमन्त्री केभीन रुडले मोडरेट गरेको एसिया सोसाइटीमा प्रधानमन्त्री ओलीको प्रस्तुती र प्रश्नोत्तरमा देखिएको आत्माविश्वास गजव थियो । जुन ओलीको आलोचना यता घरतिर भइरहेको थियो, उनै ओलीले त्यहाँ भने प्रशंसा पाइरहेका थिए । उनले पुर्वीय दर्शन र मान्यतामार्फत उपस्थितलाई प्रशिक्षित समेत गर्न भ्याए । 

ओलीले ७३ औं संयुक्त राष्ट्रसंघीय महासभालाई सम्वोधन गरे । करिव २८ मिनेटको सम्वोधनमा उनले विश्वलाई सन्देशमात्र दिएनन्, द्धन्द्ध र संक्रमणको सम्वाद र ब्यालेटमार्फत भएको शान्तिपूर्ण सत्ता परिवर्तनको अनुभव बाँड्न तयार रहेको समेत बताए । 

ओलीले नेपालको मौलिक क्रान्ति र परिवर्तनलाई बुझाउनेक्रममा भने,– ‘मतभेदलाई सम्वादले र बन्दुकलाई मतले जित्छ । नेपालमा त्यस्तै भयो । कोही सिक्न चाहानुहुन्छ भने हामी यो अनुभव निर्यात गर्न तयार छौं ।’

ओलीको राष्ट्रसंघको सुधारको मुद्दा उठाए । उनले अवको सुधारमा उत्तरदायित्व, पारदर्शिता र साझा स्वामित्वको प्रस्ताव राखे । सुरक्षा परिषद्को सुधारमा वर्तमानको परिवर्तित बिश्व कुटनीतिक व्यवस्थाको यथार्थता चित्रित हुनुपर्ने बताए । 

बिमस्टेकको शिखर सम्मेलनको सफल आयोजनलाई बताइरहँदा सार्कलाई पनि सक्रिय पार्ने नीति पनि राखे । क्षेत्रीय विकासको अवधारणलाई विदेश नीतिको प्राथमिकतामा नेपालले राखेको प्रष्ट पारे । सार्कलाई सक्रिय पार्नुपर्छ भन्ने उदेश्य राखी त्यसको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिए । नेपालको परराष्ट्र नीति के हो, त्यहाँ प्रस्तुत भयो, भारत के चाहन्छ भन्ने होइन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो धारणा राखेर बाहिरिइन, त्यो भारतीय कूटनीतिक अपरिपक्कता थियो । सार्कलाई बचाउनेमात्र होइन, सक्रिय पार्ने नेपालको चाहना थियो त्यो ।   

ओलीले कोरियाली प्रायद्धिपमा भएको शान्ति, निशस्त्रीकरण र स्थायित्वको प्रशंसा गरे । प्रजातन्त्र, मानवअधिकारप्रतिको प्रतिबद्धता दोहोर्याए ।बहुसंस्कृतिवादमाथि प्रश्न उठ्ने वातावरण बन्नुहुँदैन बने । नेपाल नेसन स्टेट नै भएको छैन भन्नेलाई जवाफ त दिए नै, त्यसभन्दा बढी क्यानडा जस्तो देशले अगिंकार गरेको बहुसंस्कृतिवादलाई नेपालले आत्मासाथ गरेको पनि बताए । 

भाषा, प्रस्तुती र शैलीमा ओली छाए । जसरी उनको मनोबल उच्च थियो, उनको प्रस्तुती त्यतिकै आकर्षक रह्यो । नेपाललाई आजसम्म अन्तराष्ट्रिय जगतले बुझ्न सकेन । ओलीले न्युर्योकमा नेपाल बुझाउने कोशिश गरे ।  

ओलीले आतंकवादको विरोध गरे । बढ्दो डिजिटल बिभाजनको बिरोध गरे, सबैले डिजिटल डिभिडेण्ड पाउनुपर्ने माग राखे । आफुले गर्दै नगरेको प्रकोपको शिकार नेपाल हुँदै गरेको धारणा राखे । कार्वन उत्सर्जन गर्ने राष्ट्रको ध्यानाकर्षण गरे । पेरिस एग्रिमेन्टको कार्यान्वयन हुनुपर्ने बताए । 

सिरिया, प्यालेष्टाइन र यमनमा त्यहाँका जनताको प्रजातन्त्र, स्वतन्त्रता, न्याय र अधिकारका लागि भएको आन्दोलनको समर्थन गरे । नेपाल कुनै गठबन्धनमा नभएको व्यवहारबाट पुष्टी गरे ।

हो, घरेलु मुद्दामा अपेक्षित काम हुन सकेका छैनन् । यो स्वम प्रधानमन्त्रीले महसुसमात्र गरेको होइन, बोलेको अवस्था छ । तर के पार्टीका नेतृत्व तहमा रहेपछि पहिला पार्टीभित्र नै वहस चलाउनुपर्ने होइन रु प्रधानमन्त्री र अध्यक्षहरु बाहिर भएका बेला सार्वजनिक भेला गर्ने कि फर्केपछि बैठकमा धारणा राख्ने रु 
प्रधानमन्त्रीमाथि देशभित्र र बाहिरबाट घेराउ भइरहँदा त्यसलाई तोड्न सहयोग गर्ने कि त्यसकै सहयोगी भइदिने रु

प्रधानमन्त्रीले नेपाली स्वार्थको नेतृत्व गरेकै धारणा बाहिरिया शक्तिलाई छटपटी भएको छ । ओलीलाई अधिनायकवादी प्रमाणित गर्ने प्रयास भएकै हो, त्यो असफल भयो । अव ओलीमाथि पार्टीभित्रैबाट दबाब सृजनाको प्रयास भएको छ, जसका टे«लर देखिदैछन् ।

पत्रकारहरुले मुलुकी संहिता खासगरी गोपनियता लगायतका प्रावधानको दुरुप्रयोग हुने खतरा देखे, आवाज उठाए । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले लगत्तै बरिष्ठ पत्रकार देबप्रकाश त्रिपाठीको संयोजकत्वमा सुझाव समिति बनाए । मुलुकमा अपराध बढ्दो छ । अपराधले बर्ग, बिचार, सत्ता, प्रतिपक्ष भन्दैन । सञ्चारमन्त्री बाँस्कोटाले अपराध बढ्नुमा पोर्न साइट हो भन्ने सही बिश्लेषणसहित त्यो बन्द गर्ने निर्णय गरे । तर त्यसलाई पनि नकरात्मक प्रचार गर्नेको कमी छैन ।

अर्थात पार्टीभित्र कमजोरी छन् । नेतृत्वमा पनि कमजोरी छन् । तर के तीनको व्यवस्थापन गर्न सकिदैन् । सकिन्छ । सवाल बिकास र समृद्धिको हो । नेपालको बिकास अहिले पनि हुन सकेन भने जनता निराश हुनेछन् । ओलीले पनि गर्न सकेनन् भने कसले गर्ने भन्ने चिन्ता सबैतिर छ । ओली असफल हुँदा व्यक्तिमात्र होइन, नेकपा असफल हुन्छ । यसलाई बुझौं ।
 साभार : गोपाल खनाल  / चक्रपथ डट कम   

प्रतिकृया दिनुहोस

सिद्धिदात्रीको उपासना गरिदै : धार्मिक विश्वास के छ त ?

  या देवी सर्वभू‍तेषु मां सिद्धिदात्री रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।। अर्थ हो माता ।  सर्वत्र विराजमान तथा माता

पतिसँगको सम्बन्ध : यसकारण आउनसक्छ दरार

पतिपत्नी बीचको सम्बन्ध  । कहिले झगडा त कहिले मिलनमा नै बित्ने गरेको  पाइन्छ  । समय समयमा झगडा पर्नु पति पत्नीको बीचमा समस्याको कुरा त होइन । तर

महाअष्टमी : महागौरी पुजन गरिदै, " कसरी पुजिन्छिन् त ?"

माता दुर्गाको आठौं अवतारकी देवी हुन् महागौरी। दुर्गापूजाको आठौं स्वरुप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाईन्छ। यिनको शक्ति अमोघ