• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

ट्रम्प–किम वार्ता : स्मरणीय बनाउने दुबै देश आन्तरिक छलफलमा

सिंगापुर, जेठ । विश्वकै ध्यान खिचेको उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ता सिंगापुरमा हुने भएपछि यसको तयारी तीब्र पारिएको छ । वार्ता तय भएपछि सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जाने भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो । 
यही जुन १२ तारिखका दिन ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै तय भइसकेको छ ।  सिंगापुरको उच्चस्तरीय कूटनीतिज्ञहरूको टोली दुईदिने भ्रमणका लागि बिहिबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
शिखर वार्ताका लागि वार्तास्थल सिंगापुर, वार्ताका दुई पक्ष अमेरिका र उत्तर कोरियाले आ–आफ्नो तरिकाले तयारी तीव्र पारेका छन् ।  गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको तय भएको हो । 
वार्ताको तय भइसकेपछि पनि केही समय दुई देशका नेताहरूको अविश्वास र आरोप प्रत्यारोपले वार्ता अन्यौलमा परेको थियो । तर नाटकीय ढंगले वार्ताको वातावरण बनेर अहिले पुनः वार्ताको तयारी भइरहेको हो ।  उत्तर कोरियाका उच्च अधिकारीहरूको गत हप्ता भएको भ्रमणको बेलामा ट्रम्पले वार्ता हुने अन्तिम निर्णय सुनाएका थिए ।
वार्ताको सुनिश्चितताका लागि उत्तर कोरियाको टोली अमेरिकाको वासिङटन गएको थियो । वार्ता सुनिश्चित भएपछि अहिले दुई पक्षीय भ्रमण, उच्चस्तरीय छलफल तीव्ररूपमा भइरहेका छन् । 
विश्वकै ध्यान खिचेको वार्ता अत्यधिक महंगो र सुविधा सम्पन्न होटलमा गराउने सिंगापुरको तयारी छ ।  वार्तालाई नेपाली गोर्खा सेनाले सुरक्षा दिनेछ । 

 

प्रतिकृया दिनुहोस

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज आउँदै

काठमाडौं, असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको

"नेपालको समृद्धि र बिकासका मुद्दा अन्तर्राष्ट्रियकरण"

बेइजिङ, चीन, असार ।  यसपटकको प्रधानमन्त्री केपी शर्मा ओलीको  चीन भ्रमणले नेपालको समृद्धिको मुद्दा अन्तर्राष्ट्रियकरण भएको निचोड छ ।  नयाँ

"चुनौतीको सामना गर्न सशक्त ढंगले अघि बढ्ने संकल्प"

हेटौँडा, असार । मकवानपुरको हेटौँडामा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न