• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

प्रदेश ७ : 'राजधानी र नाम' पारित भएसँगै धनगढीमा अनिश्चितकालिन आम हडताल


धनगढी, असोज । प्रदेश नम्बर ७ को राजधानी र नामको प्रदेशसभा बैठकले दुई तिहाइले शुक्रवार पारित गरेसंगै अस्थायी राजधानी धनगढीमा  आज (शनिबार) देखि अनिश्चितकालिन आम हडतालको घोषणा गरिएको छ ।
 
७ नम्बर प्रदेशसभामा सुझाव समितिले यसअघि पेश गरिएको  प्रस्तावलाई नै  सभाको दुई तिहाइले पारित गरेको छ । प्रदेश ७ को नाम ूसुदुरपश्चिमू र राजधानी गोदावरीलाई प्रदेशको राजधानी बनाउने निर्णय प्रदेश सभाको दुई तिहाई बहुमतले पारित गरेको हो ।

प्रदेश नम्बर ७ का कुल सभासद ५३ मध्य ३८ जनाले पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना सभासद र राजपाका २ जनाले प्रदेशसभाको बैठक बहिस्कार गरेका थिए ।
 शुक्रवार दुई तिहाई बहुमतले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका र नाम सुदुर पश्चिम राख्ने निर्णय गरिएसंगै धनगढीमा अनिश्चितकालीन आम हडतालको घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस

करार विधेयक तिहारभित्रै सरकारले ल्याउँछ : मुख्यमन्त्री राउत

पर्सा, कात्तिक । प्रखेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको देश नं २ का

प्रदेश ३ को आफुखुशी निर्णय

काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना ओएन्डएम भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक एकवटा मात्र राख्ने

प्रदेश २ : प्रहरी ऐन पारित, नेकपा असन्तुष्ट

  जनकपुरधाम, असोज  ।  सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ । शनिबार भएको प्रदेशसभा बैठकले बहुमतका