• आज : Tuesday 26 September 2017
    11:54:41 NST

कृषिमा सुधार तथा व्यवसायीकरण गर्न प्रबिधि, लगानी र प्रतिबद्धता चाहिन्छ : न्यौपाने

दुई तिहाइ नेपालीको जीविकोपार्जनको मूल आधार पेशा कृषि । उत्पादनको स्थिति तथा सूचाङक हेर्ने हो भने अवस्था दयनीय नै  छ । यद्यपी उत्पादनलाई हेर्ने हो भने आशलाग्दो अवस्था छैन । आर्थिक समृद्धिका लागि कृषि क्षेत्र मेरुदण्ड नै रहेकाले उत्पादन बृद्धिका लागि कृषक माँझ सुविधा तथा कार्यक्रम पु¥याइ किसानलाई उत्प्रेरित गर्न आवश्यक देखिएको छ । 
कृषिको माध्यामबाट आर्थिक बृद्धिदर बढाउने सरकारको नीति छ । खासगरी कृषि क्षेत्र भन्नासाथ  धानसहित मकै, गहुँ र अरु कृषि बाली नै प्रमुख हुन  । बढ्दो सहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै गएको छ । बचेका र खेती गर्दै आएका क्षेत्रका किसानलाई यसतर्फ आकर्षण बढाउन आधुनिक कृषि प्रविधि, लगानी तथा सुविधा बढाउन आवश्यक देखिएको छ ।  
यही र यस्तै बिषयभित्र रहेर नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष तथा नेपाल मेडिकल कलेजका संस्थापक निर्देशक रही अष्ट्रेलिया, इजराइल, जापान, बेलायत तथा अन्य विभिन्न देशमा भएका प्रविधिको अध्ययन गर्नुका साथै नेपाल ईञ्जिनियरिङ कलेजमा प्रविधि बिकास तथा अनुसन्धान बिभाग स्थापना गरी  प्रविधिको आयात तथा बिकासको काम गर्दै आउनुभएका र  कृषि क्षेत्रमा सुधार ल्याउन क्रियाशिल बिकास तथा कृषि बिज्ञ लम्बोदर न्यौपानेसँग डेमोखबर प्रतिनिधिले गर्नुभएको कुराकानीको अंशः 
 
1. नेपालको कृषि क्षेत्रको अवस्था कस्तो छ ?
- नेपाललाइृ कृषि प्रदान देश मानिन्छ । यहाँका दुई तिहाइ जनताले आफ्नो गुजारा कृषिबाट गर्दछन । अन्य व्यवसाय यहाँ फष्टाएको छैन । यद्यपी कृषिमा आधुनिकरण नहुनु, सरकारी योजना फाइलमा नै सीमित रहनु, जनताका आवाज आफैमा सीमित रहनु, सरकारी आयोजना कार्यालयभित्र ने रहनु जस्ता कार्य कृषि क्षेत्रका तगाराहरु हुन । 
समग्रमा हेर्दा कृषि क्रान्ति भनेर देश लडेको २०१७ सालदेखि नै हो । प्रविधि हेर्दा ५५ बर्ष बितिसक्दा पनि कृषि उत्पादनको अवस्था सोही अवधिको भन्दा बढ्ने होइन अझ निराशाजनक नै छ ।    
2. देशको कृषिसम्बन्धी चित्रण गर्दा केही भएको छैन भन्ने जस्तो देखिन्छ नि ? साँच्चै केही विकास नै भएको छैन त ?
- सरसर्ती हेर्दा कृषिमा सोचेजस्तो बिकास पक्कै भएको छैन । सूचकहरुले नै बिकास भएको देखाउदैन । यो पनि पक्कै हो कृषि क्षेत्रमा सुधार नआइ अन्य क्षेत्रको बिकास हुनसक्दैन । अधिकतर जनताको व्यवसाय भनेको उनीहरुको रोजीरोटी  तथा रोजगारी पनि हो । 
कृषिको बिकास गर्न त्यति कठिन छैन । अत्यन्त ठूलो र महङ्गो प्रविधि केही चाहिदैन ।  प्रशस्त प्राविधिक ज्ञान तथा प्रशस्त लगानी पनि नचाहिने व्यवसाय हो । बजेटको सही ठाउमा सही उपयोग र सही समयमा भएको छैन । सरकारको नीति तथा कार्यक्रम अनुरुप काम मात्र हुनसके पाँच बर्षमा पाँचगुणा बढी उत्पादन बढ्नसक्छ । 
3. कृषिमा प्रशस्त लगानी देखिन्छ, के यो खेर गएकै वा पर्याप्त नभएको हो त ?
- कृषिमा हालसम्म गरेको लगानी खेर गए सरह नै देखिएको छ । कृषि बिकासका आँकडाले न त्यस्तो देखाउछ । कृषि क्षेत्रका बिकासका लागि अध्ययन, अनुसन्धान तथा बिकासका लागि देशभर नै संस्थागत संरचना बनेका छन । तिनीहरुले गरेका काम भने राम्रो ‘प्रोजेक्ट रिपोर्ट’ तथा हाकीम खुसी पार्ने खालको र स—साना खालका योजनालाई बिकासको ठूलो उपलव्धि देखाएर काम देखाउने प्रबृति छ, त्यो राम्रो होइन । यस्तो बन्द गरिनुपर्छ । 
बिशेषज्ञलाई बोलाएर अध्ययन, अनुसन्धान गरी देश अनुकुल योजना बनाउनुपर्छ । पैशा, प्रविधि तथा प्रतिबद्धता चाहिन्छ । यो दिएर जनतालाइ आव्हान गरौँ । कृषिका क्षेत्रमा सजिलो तरिकाले नसोचेको बिकास गर्नसकिन्छ । 
4. हामीकहाँ कृषिमा भएको प्रविधि कस्तो छ र यो पर्याप्त नभएकै हो त? 
- अहिलेको प्रयोगमा भएको र भित्रिएको प्रविध अपुग  र परम्परागत हो । कृषिमा अहिले थोरै खर्च, थोरै जग्गा, बर्षात हुनु नहुनुले अर्थ राख्दैनन् । पाखो,  भीर, बर्षात नहुने तथा जुनसुकै खालको जग्गा तथा स्थान सबै ठाउमा खेती गर्नसकिने प्रविधि बिकास भएका छन । 
प्रविधि, पैशा र प्रतिबद्धताको अभाव छ हामीकहाँ । करिव ६० प्रतिशत जग्गामा विभिन्न बहानामा खेती गरिदैन । पानी छैन, बजार छैन, उत्पादन हुँदैन, प्रविधि छैन भन्ने जस्ता बहाना छन । प्रविधि भित्रयाउन सके, उपयोगमा ल्याए, यी सबै समस्या झेल्नुपर्ने अवस्था छैन । किसानलाई सुविधायुक्त ऋण, प्रविधि, ज्ञान तथा बिमा जस्ता सुविधा आवश्यक छ । 
5. हाम्रो मुलुकलाई सुहाउँदो प्रविधि केही छन त ?
- कृषिमा प्रशस्त नयाँ प्रविधिको बिकास भएका छन । सबै हाम लागि भने सुहाउँदा भने छैनन् । हाम्रो देशको भौगोलिक अवस्था, माटो, हावापानी, मौसम जस्ता पक्ष अन्य देशको भन्दा फरक किसिमको छ । यसमा खासगरी प्रविधि, बीउँ तथा उपयोगमा ल्याइने कृषि सामग्रीको  अवस्था नै हो ।  
मधेश, पहाड र हिमाली क्षेत्रमा फरक— फरक किसिमको चाहिने भएकाले बीउँ, ग्रिन हाउस निर्माण, पहाडमा खेत जोत्न जिरो टिलर, तराइमा टयाक्टर ने उपयुक्त देखिएको छ । अहिले खेत रोप्नेदेखि धान काट्नेलगायत बीउ छर्ने, रोप्ने,मल हाल्नजस्ता काम एकैचोटी गर्नेखालका सबै किसिमको प्रविधि प्रयोगमा छन । कृषिमा खासगरी खेती गर्न र पशुजन्य व्यवसायका लागि घाँस उत्पादन नै प्रमुख रुपमा आउछन । 
बाह्रै माहना हरियो घाँस उत्पादन गर्न मेसिन प्रयोगमा आएको छ भने तरकारी खेती गर्न माटो बिना पनि सानो ठाउमा, घर वरिपरी तथा घरभित्र नै पनि, पाइपमा तथा ‘भर्टिकल’ रुपमा माटो बिना नै, छत, भीर तथा पाखा जहाँतहीँ खेती गर्नसकिने प्रविधि छन । तिनलाई कार्यक्रम बनाएर प्रविधि भित्रयाइ किसानलाइ उपयोगमा ल्याउने वातावरण बन्नसके प्रशस्त फाइदा लिनसकिने अवस्था छ ।  
6. यस्ता प्रविधिमा कत्तिको लगानी आवश्यक पर्छ त ?
- हामीकहाँ ठूलो लगानी आवश्यक पर्दैन । किनकी नेपालमा ठूला ठूला फाँटहरु तथा समतल जग्गा छैन र खेती पनि त्यो रुपमा गरिदैन । स—साना ल्पट तथा १० — २० बिगाहामा खेती गर्दा खर्चिला तथा ठूला मेसिनको आवश्यकता पर्दैन । हामलिे सानो खर्च एकलाखदेखि करोडमा मात्र खर्च गर्दा सकिने अवस्था छ । त्यसले फाइदा पनि रामै्र किसिमले दिन्छन । अर्थात योजनाबद्ध रुपमा काम गरे लगानीको आकार हेरी एक दुइ बर्षमा नै प्रतिफल प्राप्त गर्नसकिन्छ । 
 

Comment

Related News