• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

चीनमा एक नेपालीको हृदयघातबाट मृत्यु

चीन । चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ । काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरु जेठ १२ गते शनिबार काठमाडौंबाट चीन आएका थिए ।

 

चीनको शाङ्हाई र हपेइ प्रान्तको भ्रमण पूरा गरेर अन्तिममा नेपालीहरुको टोली बेइजिङ भ्रमणमा आएको थियो । बेइजिङ भ्रमणका क्रममा मंगलबार बिहान ९ बजे होटलबाट एउटा छलफलमा जान लाग्दा पराजुलीलाई हृदयघात भएको थियो ।

 

होटलबाट बस चढ्न जान लाग्दा उनी एकाएक ढलेका थिए । चिनियाँ प्रहरीले उनलाई नजिकैको अस्पतालमा लगेको थियो । अस्पतालमा चिकित्सकले बचाउनका लागि आधा घण्टाको प्रयास गरे पनि सफल नभएपछि उनलाई मृत घोषित गरेको टोलीमा सँगै आएका प्रेमचन्द्र राईले जानकारी दिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली ९ दिनदेखि वेपत्ता 

काठमाडौं — भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् ।  उनीहरुसँगै उद्धार गरिएका अन्य

दिल्लीको आश्रमबाटै हराएका ८ नेपाली महिला अझै अज्ञात

काठमाडौं । नयाँ दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम ९सेल्टर होम० बाट शनिबार मध्यरातिदेखि हराईरहेका ८ नेपाली महिलाको अबस्था अज्ञात

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

काठमाडौं – दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको