• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

हल–हलमा धिरज र साम्राज्ञीको क्रेज 

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डनमा’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार र शनिबार दुवै दिन चलचित्रले हाउसफूल दर्शक पाएको चलचित्र हेर्न आइतबार पनि दर्शक हलमा भरिभराउ थिए । चलचित्रका शुरुवाती प्रदर्शन आक्रामक बनेपछि निर्माण पक्ष यतिबेला निकै मख्ख देखिएको छ । नायक तथा नायिका धिरज र साम्राज्ञीकै क्रेजले दर्शक हलसम्म पुगेको निर्माण पक्षको दाबी छ । त्यसो त चलचित्रको कथावस्तु पनि निकै राम्रो रहका कारण धिरको अभिनयको आम दर्शकले तारिफ गरेका छन् । 
मल्टिप्लेक्स अडियन्स केन्द्रित फिल्म भएपनि दर्शकको भिडभाड सिंगल स्कृनमा पनि कम छैन । शुक्रबार बिहानदेखि साँझसम्म ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार शतप्रतिशत रह्यो । आइतबार पनि यो भीडमा कमी भने नदेखिएको निर्माण पक्षको दाबी छ । गएको वर्ष प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ पछिको सर्वाधिक कलेक्सन उक्त फिल्मले गरेको फिल्म वितरकहरुको दाबी छ । 
साम्राज्ञी र धिरजको फिल्मले दुई दिनमा डेढ करोडको कलेक्सन गरेको अनुमान गरिएको छ । आधिकारिक बक्सअफिस रिपोर्ट भने प्राप्त भएको छैन । वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ वर्षकै सबैभन्दा ठूलो ओपनर फिल्म बनेको दाबी गरे । मल्टिप्लेक्समा फिल्मको टिकट सर्वाधिक सेल्स भएको छ । राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले शनिबार यो फिल्मलाई १२ सोज दिएको थियो । जसमध्ये अधिकांश सोज हाउसफुल रहे । वितरक राठी फिल्मको कमाई देखेर उत्साहित छन् । फिल्मले शनिबार मात्र घरेलु बजारमा एक करोडको कमाई गरेको छ भने शुक्रबार र आइतबारको व्यापारिक कारोबार जोड्ने हो भने २ करोड ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । हलमा फिल्म हेर्ने अधिकांश दर्शक १६–२० वर्ष उमेर समुहका छन् । साम्राज्ञी र धिरजको क्रेज प्रमाणित भएकोमा निर्देशक रेनाशा वान्तवा राई दंग देखिएकी छन् । चलचित्रले दर्शकको साथ पाएसँगै यतिबेला निर्माण पक्ष राजधानीका हल–हलमा पुगरे दर्शकसँगै खुशीयाली साँटिरहेको छ । 
चलचित्रका कलाकार राजधानीका विभिन्न हल पुग्दा फिल्मका टिमले बडिगार्ड उपलब्ध गराएको छ । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न शनिबार दिउँसो गोपीकृष्ण हलमा पुगेका फिल्मका कलाकारलाई दर्शकबाट जोगाउन बडिगार्डलाई समेत हम्मेहम्मे परेको थियो । एक सेल्फी नखिचि उनीहरुलाई दर्शकले पाइला सार्न दिएनन् । धिरजलाई देखेपछि हलमा युवतीहरुको रुवाबासी भएको थियो । मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि फिल्मले शुक्रबार र शनिबार हाउसफुल दर्शक भित्राएको थियो भने आइतबार पनि दर्शकको फ्लो नघटेको हल व्यवसायीको भनाइ छ । फिल्मले आक्रामक ओपनिङ गर्नुमा प्रमोसन, गीत र स्टार कास्टलाई मानिएको छ । 
बैशाखदेखि असोज पहिलो हप्तासम्म आइपुग्दा दुई फिल्म ‘नाईं नभन्नू ल ५’ र ‘रामकहानी’ ले मात्र बक्सअफिसमा सुखद कलेक्सन गर्न सफल भएका थिए । आक्रामक ओपनिङ नभएपनि दुई फिल्मले खडेरी लागेको फिल्मको बजारमा भने ठूलै सास भरेका थिए । ‘इन्टु मिन्टु लण्डनमा’ अब बक्सअफिसमा सशक्त भएर देखा परेको छ । साढे २ करोडको लागतमा निर्माण भएको उक्त फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गरिसकेको छ भने अबको कमाइ भने नाफा हुने बताइएको छ । समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । 
केही हप्ता लण्डन घुम्न गएकी मिन्टु अर्थात् मिरा (साम्राज्ञी) र लण्डनकै रैथाने इन्टु अर्थात् इशान (धिरज) को प्रेमकथा वाचन गरेको फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको अभिनय छ । फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । गीतसंगीतले बनाएको हाइप, ट्रेलरमा देखिएको मेकिङ क्वालिटी र स्टार कास्टका कारण फिल्मको इनिसियल व्यापार आक्रामक हुने धेरैको पूर्वआँकलन थियो । सो कुरा अहिले प्रमाणित भइसकेको छ । चलचित्रले दर्शकको राम्रो साथ पाएपछि निर्देशक राईले भनिन्, ‘हाम्रो २ वर्षको मिहिनेत अहिले दर्शकले हेरिरहनु भएको छ । यो अवस्थामा हामी फुटेर होइन जुटेर बस्नुपर्छ । अहिले हामी फुट्यौं भने के ब्याक फायर हुन्छ भन्ने राम्रोसँग थाहा छ । त्यसैले हामी जुटेर अगाडि बढिरहेका छौं ।’ 
निर्देशक राई र अभिनेता मगरको यो डेब्यु फिल्म हो । रेनाशाले ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा हात हालेकी हुन् भने धिरजको पहिलो अभिनीत फिल्म हो । दुबै दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेकोमा उत्साहित बनेका हुन् । डेब्यु फिल्मबाट धिरजले राम्रो सम्भावना देखाएका छन् । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा उनलाई फिल्म क्षेत्रले सम्भावना बोकेको अभिनेताको रुपमा हेर्न सक्नेछ । साम्राज्ञीको अभिनयमा केही ‘ग्रोथ’ देखिएको दर्शकले प्रतिक्रिया दिएका छन् । 
त्यस्तै इन्टुमिन्टसँग व्यापारिक प्रतिस्पर्धा गरिरहेको चलचित्र बाँध मायाले पनि दर्शकको राम्रै साथ पाएको छ । विदेश प्रदर्शनबाट निकै नै राम्रो प्रतिक्रिया बटुलेको चलचित्रले स्वदेशका दर्शकबाट पनि औसत साथ पाएको हो । चलचित्रमा ‘बाँध मायाले’मा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको पनि अभिनय छ । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । 

प्रतिकृया दिनुहोस

‘प्रसाद’को चौतर्फी प्रसंसा 

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र प्रसादले दर्शकको साथ पाइरहेको छ । चलचित्र हेर्न हलमा दर्शकको बाक्लो उपस्थितिले निर्माण पक्ष

पुष्पलसँग कति सुहायो आँचलको जोडी ?

काठमाडौं । नेपाली चलचित्रमा स्थापित कलाकारको नाम लिनुपर्दा आँचल शर्माको नाम अग्रपंक्तिमा आउँछ । उनले अभिनय गरेका हरेक चलचित्रमा उनको भूमिका लाई

जब दयाहाङ ड्राइभर बने 

काठमाडौं । जुनसुकै भूमिकामा पनि ठीक हुने अभिनेता दयाहाङ राईले नयाँ फिल्म ‘आप्पा’ मा सम्भवतः पहिलो पटक ड्राइभरको भूमिका निभाएका छन् ।  आप्पामा