• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

छिरिङबाट कामनाको डेब्यू 

काठमाडौं । गायक तथा अभिनेता यश कुमार निर्देशित तथा अभिनीत फिल्म ‘छिरिङ्ग’बाट अभिनेत्री कामना भुजेलले डेब्यु गर्दैछिन् । उनको अभिनय रहेको चलचित्र आउँदो शुक्रबारबाट दर्शकमाझ आउँदैछ । 
चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको छ । उक्त गीतमा नायक यशसँगै कामनाले कम्मर मर्काएकी छिन् । अरुणा लामा र रुद्र गुरुङ्गको दशक अगाडिको चर्चित गीत ‘ए कान्छा...’ को पहिलो हरफलाई रि–रेकडिङ गरिएको छ । नयाँ भर्सनमा गायक यशलाई गायनमा सुनिता थिगिमले साथ दिएकी छन् । गीतको शब्द पासाङ ब्याङ्गबल र यशले लेखेका हुन् । अम्बर गुरुङ र यशको कम्पोज रहेको गीतको भिडियोमा कविराज गहतराजको कोेरियोग्राफी छ । यश र नव नायिका कामना भुजेल फिचर्ड गीतको छायांकन र लोकेशन गजब छ । अभिनेता–अभिनेत्रीको केमेस्ट्री पनि सुहाएको छ । यशले पहिलो पटक कमाण्ड सम्हालेको उक्त फिल्म असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ ।  
यो फिल्मले बहुपतिप्रथाको कथा भन्छ । गायक तथा अभिनेता निमा रुम्बा पनि फिल्ममा लिड रोलमा छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो ।
 

प्रतिकृया दिनुहोस

मुम्बइका तीन खान : कमजोर देखिए शाहरुख, कारण यस्तो

  मुम्बइ, कात्तिक  । बलिउड,  तीन खानको रजगज  । उनीहरुको फिल्म जस्तो सुकै नराम्रो भएपनि सयकरोड क्लवमा अड्छन् । तर तीन खानमा सबैभन्दा कमजोर शाहरुख

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि