• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

अपांगता सम्बन्धी कानून कार्यान्वनको माग 

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दिगो विकासको लक्ष्य पूरा गर्न विकृति र विसंगतिकोविरुद्ध सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताएका छन् । ‘कसैलाई पनि नछोड्ने – सवैलाई समेट्ने’ मूल नाराका साथ दुईदिने राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ‘राष्ट्रिय युवा सम्मेलन २०७५’ मा बोल्दै मन्त्री विश्वकर्माले वर्तमान सरकार अपाङगताहरुको हकहितमा दृढतापूर्वक लागिरहेको बताएका हुन् । 
मन्त्री विश्वकर्माले नेपाली समाजमा रहेको पुरातन सोच र चिन्तनलाई बदल्न देशभर शसक्त अभियान सञ्चालन गर्नुपर्ने भन्दै एकातम्क सामन्तवादीका सोचका कारण अपाङ्ग, दलित, जनजाती लगायतका समुदायहरु शोषण तथा उत्पिडनमा परेको बताए । उनले  नेपालको संविधान अनुसार अपाङ्गता तथा अपाङ्गता नभएका व्यक्तिहरुलाई क्षमता तथा योग्यताको कदर गर्दै आर्थिक रुपान्तरणसँगै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका व्यक्तिको हकहितको संरक्षणका लागि वर्तमान सरकार पूर्वरुपमा प्रतिवद्ध रहेको बताए । 
कार्यक्रममा उनले अपाङ्गता प्राकृतिक कुरा भएकोले संविधानले त्यस्ता वर्ग वा समुदायलाई सार्वभौम अधिकार सम्पन्न गराएको दावी गर्दै अपाङ्गता तथा सपाङ्गता समान भएकाले सवै नागरिकले अपाङ्गता भएकालाई आत्मासम्मानको वातावरण सिर्जना गरिदिनुपर्ने तर्क राखे । कार्यक्रममा युएनडिपीको नेपाल आवासीय संयोजक भेलरी जुलियनले अपाङ्गता र रोजगारी दिगो विकासको केन्द्र भएको बताइन् । उनले दिगोविकासले गरिविको अन्त्यसँगै न्यायोचित समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । 
उनले विश्व स्वास्थ्य संगठन तथा वल्र्ड बैंकको सन २०१० को तथ्याङ्कका अनुसार विश्वमा एक करोड भन्दा वढी अपाङ्गता भएका व्यक्तिहरु हरेको जनाएता पनि विश्वमा करिव २० करोड वढी रहेको दाबी गरिन् । कार्यक्रममा उनले अपाङ्गता भएका जम्मा जनसंख्यामा दक्षिण एसियाका करिव ८० प्रतिशत भन्दा वढी व्यक्तिहरु शिक्षा तथा रोजगारीबाट वञ्चित रहेको समेत बताइन् । 
कार्यक्रममा महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता पहिचान गरी सरकारले उनीहरुको क्षमताको कदर गर्नुपर्ने बताए । उनले यस्ता व्यक्तिहरुलाई कानूनमा मात्र अधिकार दिएर मात्र नभइ व्यवहारमा समेत लागू गर्नुपर्ने बताए । कार्यक्रममा महासंघको उपाध्यक्ष तथा युएनओमेनको सल्लाहकार टिका दाहालले रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, लैङ्गिक हिंसाको अन्त्य, अपाङ्गता मैत्री संरचनाको निमार्ण जस्ता कुराहरु सरकारले व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । 
 

प्रतिकृया दिनुहोस

विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

लहान– विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको

रामजानकी विवाह पञ्चमी : 'पाँचौँ दिन आज मटको'

धनुषा, मंसिर  । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । विवाह

यो कस्तो परम्पराः ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

डोटी – सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई