• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

अदालतबाटै विवाह, इतिहासमै बन्यो पहिलो

 

पाल्पा ।  मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो । 

तानसेन नगरपालिका वडा  ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडौं महानगरपालिका वडा ३ बस्ने २८ बर्षिया उप्पलवणा शाक्य बीच जिल्ला अदालत पाल्पामा विवाह भएको छ ।  

जिल्ला अदालत पाल्पाका जिल्ला न्यायाधीश शंकरराज बरालको रोहवरमा बेहुला पक्ष र बेहुली पक्षको सहमतिमा नयाँ मुलुकी संहित २०७४ दफा ७७ अनुसार अदालती विवाह भएको हो । 

जिल्ला अदालत पाल्पाले श्रेस्तेदार सुवर्णप्रसाद खनालको हस्ताक्षरमा मुलुकी संहिता २०७४ को दफा ८० को उपधारा २ बमोजिम दुुवै बीच विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको छ । 

यसअघि यस्तो किसिमको विवाह जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको काम नयाँ संहिता लागु भएसँगै जिम्मेवारी अदालतमा गएको हो । 

नयाँ संहिता जारी भएपछि जिल्ला अदालत पाल्पाबाट भएको यो पहिलो विवाह भएको श्रेस्तेदार खनालले बताए । 

प्रतिकृया दिनुहोस

पाँचको मृत्यु, कम्तीमा ५१ जना घाइते

कावासोती, कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने

मासु पकाउदा घरै्र जल्यो : ३६ वर्षीया घाइते, भैंसी र बाख्रा पनि डढे

रुकुम पूर्व, कात्तिक । रुकुम पूर्वमा शुक्रबार राति ११ः३० बजे एक घरमा आगलागी हुँदा  दुईलाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।  स्थानीय सिस्ने

दशैंको टीकामा के के दिने आशीर्वाद ?

नयाँ दिल्ली, कात्तिक । शुक्रबार नेपालीहरुको महान पर्व विजयादशमी। नौ दिनसम्म घरघरमा राखेका जमरालाई विधिवत् रुपमा पूजा गरी बाहिर निकालेपछि ठूलाको