• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018

त्रिभुवन विमानस्थल खतराको सूचीमा

काठमाडौं। भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमर्फत खुलासा गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार समेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दूर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौं एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै विवादास्पद विज्ञप्ति सार्वजनिक गरेको छ। 

हिन्दी र अग्रेजी भाषामा प्रकाशित विज्ञप्तिमा त्रिभुवन विमानस्थलको खराब मैदानका कारण यूएस बंगालको विमान दुर्घटना भई ४९ जना यात्रु मरिएको र टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ।

जौलीले जारी गरेको विज्ञप्तिमा २०१२ सालमा बनेको विमानस्थल ६३ बर्ष बितिसक्दा एकपटक पनि मर्मत नभएको कारण जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुने चेतावनी दिँदा पनि नेपालको नागरिक उड्डयन प्राधिकरणको आँखा खुल्न नसकेको आरोपसमेत लगाइएको छ।   
 

प्रतिकृया दिनुहोस

विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

लहान– विद्युत् सर्ट भएर सोमबार साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको

रामजानकी विवाह पञ्चमी : 'पाँचौँ दिन आज मटको'

धनुषा, मंसिर  । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । विवाह

यो कस्तो परम्पराः ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

डोटी – सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई