• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

संविधान कार्यान्वयनकै कसरत 

आज असोज ३, मुलुकमा नयाँ संविधान जारी भएको तीन वर्ष पुगेको छ । अझै पनि संविधान कार्यान्वयनकै कसरत जारी छ । संविधान निर्माण भएको तीन वर्ष पुगेको अवसरमा संविधान दिवस मनाइँदै गर्दा संविधान कार्यान्वयनको एउटा प्रारम्भिक चरण समेत समाप्त भएको छ । संविधान कार्यान्वयनको प्रारम्भका रुपमा हामीले मुलुकमा तीनै तहका निर्वाचन सम्पन्न गर्ने कार्यभारलाई बुझेका थियौं ।

त्यसअनुरुप तीनै तहका निर्वाचन सम्पन्न भएर तीनै तहका सरकारले कार्य आरम्भ गर्न समेत थालिसकेका छन् । आज भन्दा ठिक तीन वर्ष पहिला संविधान जारी हुँदाका दिनलाई स्मरण गर्ने हो भने वर्तमान संविधान सर्वस्वीकार्य बन्छ या बन्दैन भन्नेमा भयानक आशंका थियो । तीन वर्षको दौरानामा त्यो आशंका पूरै समाप्त नभए पनि केही हतसम्म भने कार्यान्वयन पक्ष सबल देखिएको छ ।

संविधान जारी हुँदाका दिनलाई नेपालको इतिहासमा कालो दिनका रुपमा चित्रित गर्दै संविधान जलाउने केही मधेशवादी शक्ति अहिले सरकारमा छन् त कोही सरकारलाई बारिहबाटै समर्थन दिइराखेका छन् । यस अर्थमा संविधानका विषयमा रहेको विवाद कम भएको बुझ्न सकिन्छ । कतिपय राजनीतिक शक्तिले संशोधनको माग सहित आलोचनात्मक समर्थन गरेका छन् त कतिले त यो संविधानको खारेजी कै माग गरेका छन् ।

संविधान घोषणा भएका वखत जे जस्ता भयानक अन्तरविरोध सार्वजनिक भएका थिए, ति अन्तरविरोध आजका दिनमा आउँदा न्यूनीकरण हुनु पनि संविधानप्रतिको अपनत्वको वृद्वि भएको बुझ्नुपर्छ । तर संविधान दिवसको सार्थकता त्यतिबेला हुनेछ जतिबेला संविधानलाई सबैले हार्दिकताका साथ स्वीकार गर्ने वातावरण निर्माण हुन्छ  । 

प्रतिकृया दिनुहोस

बामदेवको सांसद मोह : नेकपाभित्र भुषको आगो बन्दै

  दशैंको बेला मुलुक बामदेवको संसद बन्ने र बनाउने खेलले नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। बर्दियाबाट निर्बाचनमा पराजय भोगेका नेकपाका नेता वामदेव

च्यांग्रामा चलखेल !

नेपाली राजनीतिमा बेलामा बखत कुनै न कुनै विषयले चर्चा पाइरहेको हुन्छ । धेरै टाढा नजाऊ केही महिना अघि मार्सी चामालको चर्चाले ‘मार्सी चामल’ ब्राण्ड

निर्मला हत्या : न्यायकर्ता नै 'भिलेन'

  कञ्चनपुर घट्ना अथवा निर्मला हत्या प्रकरण ।  अहिले देशका सबैको ध्यान खिचेको छ । निकाश के होला ? के न्याय पाउलिन  निर्मलाले ? यही र यस्तै,  जिज्ञासा