• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

अवार्डप्रतिको साख गुम्दो, एलजी अवार्ड पनि बन्यो विवादास्पद

काठमाडौं । नेपाली फिल्म अवार्डले आफ्नो साख गुमाउँदै गएको छ । ‘राम्रोलाई भन्दा हाम्रोलाई दिने’ प्रवृति मौलाउँदा अवार्डप्रति चलचित्रकर्मीको मात्र नभएर आम दर्शकहरुले समेत अवार्डप्रति विश्वास गर्न छाडेका छन् ।  वास्तवमा अवार्ड उत्कृष्ट मध्येबाट उत्कृष्टलाई प्रदान गरिनु पर्ने हो तर नेपाली अवार्डमा त्यो नियम लागू नभएको अवस्था देखिएको छ । अचेल त अवार्ड पनि वर्षमा दर्जन बढी हुन थालेका छन् । केही नेपालमा हुन्छन्, केही विदेश पुग्छन् । तर, जहाँ आयोजना भएपनि अवार्डप्रतिको विश्वसनियता भने गुम्दै गएको पाइएको हो । 

हालै राजधानीमा भब्य समारोहबीच तेस्रो ‘एलजी सिने सर्कल अवार्ड’ आयोजना भयो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेषत उपस्थितिमा अवार्ड सम्पन्न भएको थियो । समारोह भब्य भएपनि अवार्ड वितरणलाई भने दर्शक तथा समिक्षकहरुले उदेकलाग्दोको संज्ञा दिएका छन् । चलचित्रकर्मीको आरोप लगाए ‘जो पुगे, अवार्ड उसैले पाए ।’ एलजी अवार्ड पनि यो रोगबाट गाँजिएको थियो । नयाँ पुस्ताका निकै कम कलाकारहरु उपस्थित अवार्ड समारोहमा पुराना चलचित्रकर्मीहरुको बढी बाहुल्यता देखिएको थियो । तर, जति गएका थिए लगभग उनीहरु खाली हात फर्किनु परेन । 

फिल्म ‘तिमीसँग’ का साइड हिरो नाजिर हुसेनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइयो । न दर्शक न त समीक्षकको नजरमा उत्कृष्ट ठहरिएको यही फिल्म उत्कृष्ट बन्यो । अवार्डमा नाजिर र निर्देशक शिशिर राणा दुबै उपस्थित थिए । यो फिल्मले स्क्रिनप्लेको अवार्ड पनि जितेको थियो । ‘बेस्ट पोस्टर’ को अवार्ड विजय बश्याल र शान थापाले जिते । दुबै चिटिक्क परेर अवार्ड समारोहमा पुगेका थिए । ‘मोस्ट पपुलर गीत’ को अवार्ड थाप्न गायक तथा संगीतकार राजनराज सिवाकोटी स्वयम् पुगेका थिए । ‘कम्मेन्डेवल फिल्म अफ दि इयर’ को अवार्ड ‘पञ्चायत’ ले पायो । अवार्ड लिन निर्देशक शिवम् अधिकारी स्टेज चढे । ‘बेस्ट पपुलर एक्टर’ को अवार्ड अभिनेता प्रदीप खड्कालाई प्रदान गरियो । ढाका टोपी ढल्काउँदै दौरा सुरुवालमा उनले अवार्ड ग्रहण गरे । अवार्ड समारोहमा पुगेका पुष्पल खड्का, एलिस कार्की, कविराज गहतराज, रमेश उप्रेती, अर्जुन पोखरेल, विदुर पाण्डे, नीता ढुंगाना, नवराज बुढाथोकी पनि अवार्ड हात पारे । एलजी अवार्डमा प्रदान गरिएको ५ विधाको अवार्डको अहिले चर्को आलोचना भइरहेको छ । स्क्रिनप्ले, बेस्ट कपल, पपुलर एक्टर (फिमेल), बेस्ट एक्टर (मेल) र बेस्ट फिल्म विधामा दिइएको अवार्ड विवादास्पद बनेको छ ।  

स्क्रिनप्ले, बेस्ट एक्टर (मेल) र बेस्ट फिल्मको अवार्ड ‘तिमीसँग’ ले पाएको थियो । यो फिल्मलाई गएको वर्षको सबैभन्दा कमजोर मानिएको थियो । पपुलर एक्टर (फिमेल) को अवार्ड फिल्म ’छक्का पञ्जा २’ बाट प्रियंकाले पाइन् । उनीभन्दा गएको वर्ष ‘ए मेरो हजुर २’ बाट अभिनेत्री साम्राज्ञीको ‘पपुलारिटी’ बढी थियो । फिल्म ‘ऐश्वर्य’ बाट रमेश उप्रेती र दीपिका प्रसाइँले ‘बेस्ट स्क्रिन कपल अवार्ड’ उचाले । यो जोडीभन्दा ‘लिलिबिली’बाट अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको जोडीलाई दर्शकले ‘बेस्ट’ भनेका थिए । साथै, ‘शत्रु गते’ बाट पल शाह र आँचल शर्माको जोडीलाई पनि । कसरी ‘ऐश्वर्य’ जोडी ? यो त जुरीलाई नै थाहा होला ।  ‘एलजी सिने सर्कल’ अवार्डलाई धेरै चलचित्रकर्मीले फरक अवार्डको रुपमा हेरेका थिए । पहिलो र दोस्रो वर्ष भएको अवार्डमा कुनै विरोधको स्वर सुनिएको थिएन । तेस्रो पटक भने लापरबाही रुपमा अवार्ड प्रदान गरिएका आरोप लागेको छ । 

कुनै पनि क्षेत्रको समीक्षा, मार्ग–दर्शन, प्रोत्साहन र प्रचार–प्रसारको लागि त्यागिरुपमा विभिन्न अवार्डहरुको आयोजना गरिन्छन् । नेपालमा पनि स्थापित र विस्थापित गरी झण्डै सयौं अवार्डहरु हुने गरेका छन् । कुनै अवार्डहरुले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् भने बढी जसो अवार्डहरु स्वार्थ पूरा भएपछि विस्तापित भएका छन् । नेपालमा खेलकुद, शिक्षा, स्वास्थ्य, सौन्दर्य, विकास निर्माण मात्र होइन कुनै जातीय विशेषका रुपमा पनि अवार्ड प्रदान गरिँदै आएको पाइन्छ । तर, आम दर्शकलाई लक्षित गरी गरिएका अवार्डको नाम लिनुपर्दा चलचित्र र सौन्दर्य प्रतियोगिता सम्बन्धी अवार्डहरु अग्रप्रंक्तिमा आउँछन् । पछिल्लो समय चलचित्र र सौन्दर्य प्रतियोगिता सम्बन्धी अवार्डको बाढी नै आएको पाइन्छ । यसले नेपालमा अवार्डहरुको चर्चा र चासो पनि चुलिँदै जान थालेको हो । 

अवार्डको महत्व र मर्म सबैले बुझ्न थालेपछि अवार्ड आयोजनाले विशाल रुप लिएको हो । हाल नेपालमा सरकारी स्तरबाट र निजी स्तरबाट दर्जनौं अवार्डहरु आयोजना भइरहेका छन् । विगतलाई कोट्याउने हो भने नेपाली चलचित्र इतिहासमा प्रिय पत्रिकाद्वारा आयोजित सम्मान, कामना साँझ, लायन्स क्लब विशालबजारद्वारा आयोजित अवार्ड, नेपाल मोसन पिक्चर्स अवार्ड, नेफ्टा अवार्ड, राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार (चलचित्र विकास बोर्ड), सुभद्रा अधिकारी चलचित्र पुरस्कार, एनएफडिसी राष्ट्रिय पुरस्कार, डि सिने अवार्ड, इनास अवार्ड, इन्फा अवार्ड लगायतका अवार्ड चर्चित अवार्ड हरु हुन् । यतिधेरै अवार्ड तथा सम्मान हुने चलचित्र अवार्डहरुमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, नेफ्टा अवार्ड, डि सिने अवार्ड, एलजी अवार्ड निरन्तर रुपमा आयोजना हुँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

मुम्बइका तीन खान : कमजोर देखिए शाहरुख, कारण यस्तो

  मुम्बइ, कात्तिक  । बलिउड,  तीन खानको रजगज  । उनीहरुको फिल्म जस्तो सुकै नराम्रो भएपनि सयकरोड क्लवमा अड्छन् । तर तीन खानमा सबैभन्दा कमजोर शाहरुख

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि