• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

११ औँ बर्षमा गणतन्त्र, विवध कार्यक्रम

काठमाडाैं, १५ जेठ । आज ११ औं गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइँदै छ । जनआन्दोलन २०६२÷०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष १५ जेठमा देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ ।
जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्रम स्थापना भएको खुशीयालमीमा आज पनि विभिन्न कार्यक्रममो आयोजना गरिने भएका छन् । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलकलाई गणतन्त्र मुलुकका रुपमा घोषणा गरेको थियो ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, लगायत दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ ।  यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा हिजो शीतल निवासमा जलपान समारोह आयोजना गर्नुभएको थियो । गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजित समारोहमा प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वाध्यक्ष, विभिन्न दलका नेता, मन्त्रिगण, सांसद, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा अंगका प्रमुख, कर्मचारी, कलाकार, पत्रकार, उद्योगपति, व्यवसायीलगायतको सहभागिता थियो ।
मुलुकमा बंशजका आधारमा  शासन गर्ने परम्परा अन्त्य भए पनि जनताले गणतन्त्रकाे अाभाष महसुश गर्न सकेका छैनन् ।  परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ भन्ने अपेक्षा गरिएकाे छ । तर मुलुक गणतन्त्र स्थापनको ११ बर्षमा प्रवे गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।

 

प्रतिकृया दिनुहोस

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज आउँदै

काठमाडौं, असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको

"नेपालको समृद्धि र बिकासका मुद्दा अन्तर्राष्ट्रियकरण"

बेइजिङ, चीन, असार ।  यसपटकको प्रधानमन्त्री केपी शर्मा ओलीको  चीन भ्रमणले नेपालको समृद्धिको मुद्दा अन्तर्राष्ट्रियकरण भएको निचोड छ ।  नयाँ

"चुनौतीको सामना गर्न सशक्त ढंगले अघि बढ्ने संकल्प"

हेटौँडा, असार । मकवानपुरको हेटौँडामा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न