• आज : Wednesday 17 January 2018
    2:55:05 NST

अमेरिका पढ्न जाने नेपालीको सङ्ख्या बढ्यो

काठमाडौं, मंसिर । संयुक्त राज्य अमेरिकाका क्याम्पस तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको सङ्ख्यामा अघिल्लो वर्षभन्दा १८.४ प्रतिशतले वृद्धि भएको छ । 
सन् २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानबारे सोमबार जारी गरेको ओपनडोर प्रतिवेदनका अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्यमा वृद्धि भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । 
अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विश्वका विद्यार्थीको सङ्ख्यामा लगातार ६ वर्षको गिरावटपछि यो वर्ष वृद्धि आएको दूतावासद्वारा विज्ञप्तिमा जनाइएको छ । पहिलो पटक सन् २०१५÷१६ को शैक्षिकसत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ । यो अघिल्लो वर्षभन्दा सात प्रतिशतले बढी हो । यो शैक्षिकसत्रमा नौ हजार ६६२ विद्यार्थी भर्ना भएसँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ । 

Comment

Related News