• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

चार अभिनेत्रीको चर्तिकला, कोही बोल्दैनन्, कोही कसिलो 

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कलाकारहरुबीच विभिन्न दुस्मनी तथा रिसरागका विषयले वेलाबखत चर्चा पाउने गरेको छन् । हुन त एउटै क्षेत्रमा काम गर्दा मनमुटाव हुनु ठूलो कुरा होइन र तर साना तिना कुराहरुबाटै उनीहरुबीचको सम्बन्ध पानी बाराबारको स्थितिमा पुग्नु भने दुखद् पक्ष हो । रीस र आपसी दुस्मनीका कैयौं उदाहरण विगतदेखि वर्तमानसम्म देखिदै आएको पाइन्छ । 
हाल अभिनेत्री द्वय आँचल शर्मा र पूजा शर्माबीचको सम्बन्ध पनि पानीबारबारको जस्तै छ । यही प्रसंगले चलचित्र बजारमा निकै चर्चा पाएको छ । विभिन्न पत्रपत्रिका तथा मिडियाका लागि मसाला नै बनेको छ । केही समय अगाडिसम्म उनीहरुबीचको मित्रता निकै नै नजिक रहेको देख्न पाइन्थ्यो । तर अहिले ठिक विपरित छ । पछिल्लो पटक जापान जानेक्रममा पनि यी दुई अभिनेत्रीको अवस्था विमानस्थलमा छर्लङ्ग भएको थियो । विमानस्थलमा उनीहरु बोलचाल गर्न तयार देखिएनन् । उनीहरुले एक अर्कालाई वास्ता पनि गरेनन् । आँचल र पूजाको सम्बन्ध अभिनेता पल शाहसँग पूजाले फिल्म खेलेपछि बिग्रेको बजारमा चर्चा छ । त्यतिमात्र नभएर रामकहानी चलचित्र प्रदर्शनको समयमा पूजालाई आँचलले कटाक्ष गरेपछि उनीहरुबीच फेसबुक र मिडियामा ‘वाक युद्व’ नै चलेको थियो । वास्तवमा रिस रागले कसैलाई माथि पु¥याउने होइन । उनीहरु दुवैले बेलामै बुझ्नुपर्ने कुरा हो । कामना गरौं उनीहरुको स्थिति पहिलेको जस्तै बनोस् । 
यो त भयो दुस्मनीको कुरा । अब सम्बन्ध सुधारको सम्बन्ध प्रसंग जोडौं । अभिनत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै नै कम मात्रामा अरु अभिनेत्रीसँगको सामिप्यतामा रहन्छिन् । यो सवैले देखेकै हो । अहिले उनी अभिनेत्री बर्षा राउतसँग निकै नजिक देखिएकी छन् । हाल दुई अभिनेत्री ‘सूर्य अवार्ड’ का लागि जापान पुगेका थिए । सामाजिक सञ्जालमा औधि सक्रिय रहने साम्राज्ञीले आफ्नो फेसबुक तथा इन्स्ट्रामा प्रायः आफ्ना मात्र तस्बिरहरु शेयर गरिरहेकी हुन्थिन तर यी दुई अभिनेत्रीका माहोल तताएका छन् । जसले उनीहरुमा सन्निकटताको अभाष भएको छ । सार्वजनिक तस्विरमा उनीहरु सेल्फीमा रमाएका छन् । 


 

प्रतिकृया दिनुहोस

मुम्बइका तीन खान : कमजोर देखिए शाहरुख, कारण यस्तो

  मुम्बइ, कात्तिक  । बलिउड,  तीन खानको रजगज  । उनीहरुको फिल्म जस्तो सुकै नराम्रो भएपनि सयकरोड क्लवमा अड्छन् । तर तीन खानमा सबैभन्दा कमजोर शाहरुख

१२ वर्षपछि ‘जय भोले’ लिएर आए अशोक

काठमाडौं । पुराना स्टार कलाकारको पुनरागमनले सफलता पाइरहेका बेला पुराना सफल निर्देशक अशोक शर्मा पनि झण्डै १२ वर्ष पनि नयाँ चलचित्र निर्देशनमार्फत

‘क्याप्टेन’सँग ‘जात्रै जात्रा’को भिडन्त पक्का 

काठमाडौं । प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा गरिएको हो । चलचित्र निर्माणको घोषणा भन्दा पनि