• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

मोडल हन्टको ताज आशिष र अदितिलाई 

काठमाडौं । हालै काठमाडौंमा सम्पन्न ‘मोडल हन्ट नेपाल २०१८’को ताज आशिष केसी र अदिति अधिकारीले जितेका छन् । अन्तिम स्पर्धामा केसीले ३१ प्रतियोगीलाई पछि पार्दै पुरुषतर्फको उपाधि जिते भने २४ प्रतियोगीलाई पछि पार्दै महिला तर्फको उपाधि अदितिले जितिन् । विजेता दुबैले नगद पुरस्कार रु ५० हजार प्राप्त गरे । 
 यी दुबै मध्ये आशिषले मिष्टर ओशियन तथा अदीतिले सुपर मोडल नामक अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता मा नेपालको प्रतिनिधित्व गर्नुको अलवा  कोरियामा संचालन हुने एलबिएमए अवार्डमा नेपालको तर्फबाट भाग लिनेछन् । दुबै बिजेताले प्रतियोगितामा कमर्सियल मोडलको अवार्ड समेत जित्न सफल भए । चौथौं संस्करण यो प्रतियोगितामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप विजेता  घोषित भए । रनरअप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले रु १५ हजार प्राप्त गरे । 
 

प्रतिकृया दिनुहोस

एसएलसी प्रिन्सेस बनिन् रुची

काठमाडौं । सिजन मिडियाले आयोजना गरेको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस–२०१८’ ताज धनकुटाको तुलसीमेहर स्कुलबाट एसइई परीक्षा दिएकी १६ वर्षिय रुची

स्विमिङ पुलमा मनुसन फेशन परेड

काठमाडौं । इभेन्ट बेटर ग्यालेक्सीले यो वर्षको मनसुनको अबसर पारेर आगामी २६ जेठमा राजधानीको सानेपास्थित इन्टरनेशनल क्लब पुल साईटमा मनसुन फेशन परेड शो