• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

निर्मला हत्या : न्यायकर्ता नै 'भिलेन'

 

कञ्चनपुर घट्ना अथवा निर्मला हत्या प्रकरण ।  अहिले देशका सबैको ध्यान खिचेको छ । निकाश के होला ? के न्याय पाउलिन  निर्मलाले ? यही र यस्तै,  जिज्ञासा र कौतुहलता छ आम जनमानसमा । प्रहरी प्रशासन, सरकार र शासकबाट ढाकछोप र रक्षात्मक व्यवहार प्रदर्शन भइरहेको छ  । अनुसन्धान जहाँको त्यहीँ । छानविन समिति, समय कटाउँदै । प्रहरीबाटै प्रमाण नष्ट । स्थानीयलाई अनावश्यक यातना । शंकास्पदहरुलाई सुरक्षा । यस्ता कयौँ विवरण एक पछि अर्को गरी खुल्दैछन् । जसले प्रहरीको छवि धुलोमै मिल्न आँटिसक्यो । 

घटना घटेको ५२ दिन वितिसक्यो । अनुसन्धानको नतिजा शून्यप्रायः छ । संविधानको धारा २१ अथवा मौलिक हक अन्तर्गत अपराध पीडितको हक राखिएको छ । उपधारा (१) मा अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाहीसम्बन्धी जानकारी पाउने हक हुनेछ, भनिएको छ । अहिलेसम्म अनुसन्धानको नतिजा शून्य भनिँदैछ । अनुसन्धानमा प्रगति नहुनु र पीडितलाई अनुसन्धान तथा कारबाहीको जानकारी नदिनु संविधानको मौलिक हक विपरीत छ । 

उपधारा (२) मा अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना क्षतिपूर्तिसहितको न्याय पाउने हक हुनेछ, भनिएको छ । 
घटना भएको ५२ दिनसम्म अनुसन्धान वा कारबाहीको कुनै जानकारी पीडितलाई नदिएकामा अब सम्बन्धित निकायले क्षतिपूर्ति कति दिने हो ? यो वापतको न्याय पाउने कहिले ? प्रश्नमाथि प्रश्न, अन्यायमाथि अन्याय थपिँदै गएका छन् । 
प्रहरी अधिकारीहरु आफै भन्दछन् –अपराधीले घट्नास्थलमा केही न केही प्रमाण छोडेर जान्छ । 
निर्मला पन्तको हत्यामा पनि हत्याराले प्रमाण नष्ट गर्न अनेक प्रयत्न गरेपनि केही प्रमाण छोडेर गयो । तर, त्यो प्रमाण प्रहरीले संकल गरेन कि उल्टै नष्ट गर्न उद्दत रहयो । 
उल्टो अनुसन्धान ः जसले प्रहरीमाथि शंका गर्ने ठाउँहरु प्रशस्त उब्जायो । 
यतिसम्म कि अपराध अनुसन्धानमा पोख्त व्यक्तिले नै हत्या गरेको पो हो की ? सम्मको शंका । हत्याराले घट्नास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको ठहर्छ । 
शव खोलापारीको पानी–पानी भएको उखुबारीमा लगेर फालिनुले प्रमाण कसरी मेटाउन सकिन्छ भन्ने विषयमा शव ठेगान लगाउने व्यक्ति पूर्ण जानकार भएको ठहरिन्छ । निर्मलाको शव र शव पाइएको उखुबारीको पृष्ठभूमि हेर्दा अन्यत्रै बलात्कार गरी हत्या गरेपछि त्यहाँ लगेर फालेको देखिन्छ । 
साइकल खोलामा र कापी कितावको फिंगर प्रिन्ट लिइएन 
निर्मलाको शव पानीमा फालिएकाले मृत शरीरमा फिंगर प्रिन्ट भेट्न कठिनाई हुनु स्वभाविक हो । तर, निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटिने नै भयो । 
अपराध गर्ने व्यक्ति कति चलाख ? तर, केही न केही प्रमाण छोड्छ भने झँ कापीकिताब भने खोलामा फाल्न भूल्यो । अथवा यहाँ नेर एउटा शंका गर्ने ठाउँछ । किताब पानी पर्न रोकिएपछि अरु कसैले लगेर फालेको हो कि ? खान तलासी गर्दा किताब कापी भेटियो भने फसिन्छ भन्ने डरले त्यो घटनाबारे थाहा पाउने अरु कसैले फालेको हो कि ? शंका गर्ने ठाउँ छ । 
किन भने, रातभर पानी पर्दा पनि कापी किताब भिजेका छैनन् । स्थानीयका अनुसार त्यो रात मुसलधारे पानी परेको थियो । 

अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको देखिन्छ । तर, स्थानीयका अनुसार खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीन फरक–फरक पैतालाका छाप थियो । 
प्रहरीले ती तीन वटा छापको नमूना पनि संकलन गरेन । उखुबारी उक्लिने डिलमा रहेका ती छाप संकलन गर्न आग्रह गर्दा अनुसन्धानमा खटिएका प्रहरीले स्थानीयलाई उल्टै धम्काए । हातपात गरौँला झैँ गरे । 
प्रहरीले शव भेट्नासाथ घोप्टो अवस्थाको शव उत्तानो पार्न लगायो । घोप्टो शवको पीठ्यूपट्टीको हुनसक्ने सम्भावित प्रमाण पनि उत्तानो पार्दा पानीमा डुबेसँगै पखालियो । क्राइम सिनमा प्रहरीले निश्चित घेरा हालिसकेपछि त्यो भित्र अनुसन्धान अधिकारी बाहेक अरुको चहलपहल हुन दिँदैन । शव जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा विभिन्न विवरणहरु लिने गरिन्छ । निर्मलाको शव भेटने टोलीले त्यस्तो गरेन । 
तर, दुई–दुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे । एक खुट्टामा लत्रिएको सुरुवाल पनि महिला प्रहरीले निकालिन् अनि पानीमा धोइन् । सुरुवाल धोएको भिडियो नै सार्वजनिक भएको थियो । 
शवको गोप्य अंग ढाक्न खुट्टासम्म लत्रिएको सुरुवाल पखालेर प्रयोग गरियो । यो कस्नो अनुसन्धान पद्दती हो ? जहाँ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको अपरिपक्वता वा नियत प्रष्ट देखिन्छ छ ।
प्रमाण नष्ट गर्न प्रहरीको त्यही कर्मले पनि ठूलो काम गरिदियो । यतिसम्म कि उखुवारीबाट शव उठाउनेदेखि निर्मलाको अन्तिम संस्कार गर्दासम्म धेरै प्रमाणहरु मेटाउने र अपराधी लुकाउने कार्यमा प्रहरीको ठूलो हात रहयो । 
 

प्रतिकृया दिनुहोस

बामदेवको सांसद मोह : नेकपाभित्र भुषको आगो बन्दै

  दशैंको बेला मुलुक बामदेवको संसद बन्ने र बनाउने खेलले नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। बर्दियाबाट निर्बाचनमा पराजय भोगेका नेकपाका नेता वामदेव

च्यांग्रामा चलखेल !

नेपाली राजनीतिमा बेलामा बखत कुनै न कुनै विषयले चर्चा पाइरहेको हुन्छ । धेरै टाढा नजाऊ केही महिना अघि मार्सी चामालको चर्चाले ‘मार्सी चामल’ ब्राण्ड

संविधान कार्यान्वयनकै कसरत 

आज असोज ३, मुलुकमा नयाँ संविधान जारी भएको तीन वर्ष पुगेको छ । अझै पनि संविधान कार्यान्वयनकै कसरत जारी छ । संविधान निर्माण भएको तीन वर्ष पुगेको अवसरमा