• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

गृहमन्त्री थापा भन्छन : "हत्याका दोषी पत्ता नलाग्दा बढी पीडा मलाई"

'छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ'


काठमाडौं, भदौ ।  कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उनले भने, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला।” 
निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको भन्दै उनले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी रहेको बताए।
गृहमन्त्री थापाले भने, “कञ्चनपुर घटनामा हामीले शुरु देखिनै ध्यान दिएका हौँ। 
घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरियो। समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ।”
सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पारे। दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्रीले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए।
सो अवसरमा निर्मलाका आमा, बाबुले घटना घटेको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

"सबै सचिवले सफ्टवेयरमा कार्यप्रगति विवरण राख्ने गर्छन् "

काठमाडौँ, कात्तिक  ।  विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन गरिरहेका छन् । उनले आफ्नै

तीन तीन देशमा राजदूत सिफारिस : भारतका लागि नीलाम्बर आचार्य

काठमाडौं, कात्तिक  । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । लामो समयदेखि खाली रहेको भारतको लागि राजदूतमा पूर्वमन्त्री एवं संविधानविद्