• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

"नेकपाका प्रवक्ता विश्वकर्मालाई थुनामुक्त गर"

'अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू'

काठमाडौं। भदौ ।  व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश जारी गरेको छ।
न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “निवेदक (विश्वकर्मा ) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू।”
आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ। 
विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो। उनलाई व्यापारीसँग सातकरोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली अमेरिका जाँदै, उतैबाट कोष्टारिका जाने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्। कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो

देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ? सरकारले बनायो १ सय ११ समूहको सूची

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश

सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द

काठमाडौं – सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ