• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’मा

काठमाडौँ – आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो ।

प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो ।

प्रतिकृया दिनुहोस

ओलम्पिक छनोटमा अबको यात्रा कस्ताे ?

काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्किंदैछ । नेपाली टोली

रत्नजित र दिपेश क्वार्टरफाइनलमा

काठमाडौं । नेपाल च्याम्पियन रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

च्यासल राइनो गोल्डकपको उपाधि नजिक

नवलपरासी । नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब