• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

भारतको ‘ए’ टोलीसँग भिड्दै नेपाली टोली 

काठमाडौं ।  भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत शुक्रबार नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग शुक्रबार प्रतिस्पर्धा गर्न लागेको हो । 

खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ । 

नेपाली टोलीमा आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सम्साद आलम छन् । 

टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

ओलम्पिक छनोटमा अबको यात्रा कस्ताे ?

काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्किंदैछ । नेपाली टोली

रत्नजित र दिपेश क्वार्टरफाइनलमा

काठमाडौं । नेपाल च्याम्पियन रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

च्यासल राइनो गोल्डकपको उपाधि नजिक

नवलपरासी । नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब