• सोमबार १०-७-२०७५/Monday 01-21-2019

वार्ताका लागि चीनलाइ अमेरिकी प्रस्ताव : चीनद्वारा स्वागत

'व्यापारिक विवाद बढे, कुनै पक्षको हित हुुदैन' : चीन


बेइजिङ, भदौ । केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । 
विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रुप लिने अनुमान गरिएको थियो । 

महिनौंदेखि चीन र अमेरिकाले एकअर्काविरुद्ध प्रतिशोध स्वरुप करबृद्धिको घोषणा गरिरहेका थिए । तर अमेरिकी अर्थमन्त्री स्टीभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनीया अधिकारीलाई वासिङ्टन आमन्त्रण गरेका छन । 

“चिनीया पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन,” बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनीया बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले बताए। 

बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं, गाओले भने । उनले दुबै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको जानकारी दिए। 

चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करबृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५०० अर्ब अमेरिकी डलर बराबरको आयातमा करबृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ । 

वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताका पूरै छ दिन ओरालो लागेको हङकङ सेयर बजारमा सुधार आई २।५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने शाङघाइ सेयर बजारमा एक प्रतिशतले वृद्धि भएको छ । 

ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करबृद्धिको घोषणा गरिसक्नुभएको छ । करबृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपूर्जा र उत्पादित सामग्री छन् । बेइजिङले समेत प्रतिशोध स्वरुप सोही रकम बराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करबृद्धि गरेको छ । 

ह्वाइट हाउसका वरिष्ट आर्थिक सल्लाहकार ल्यारी कुड्लोले फक्स न्यूज नेटवर्कसँगको कुराकानीमा भने, “अर्थमन्त्री मुन्चिनले निमन्त्रणा दिएका छन  । संवादहीन हुनुको साटो कुराकानी गर्नु नै राम्रो हो । त्यसैले यो मलाई राम्रै लागेको छ ।” 

अमेरिकी राष्ट्रपतिले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करबृद्धि गर्ने चेतावनी दिइरहेको अवस्थामा दुई देशका अधिकारीबीच हुने वार्तामा यस विषयले पनि प्राथमिकता पाउने सम्भावना छ । 
अमेरिकाले करबृद्धिको घोषणा गरे बेइजिङले पनि करिब ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत करबृद्धि गर्ने चेतावनी यसअघि नै दिइसकेको छ । दुबै देशका व्यवसायीहरुले वासिङटनलाई करबृद्धिका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

‘म नपुंसक हुँ तर मेरा तीन सन्तान छन्’

एजेन्सी ।  यो कहानी ब्रिटेनमा बस्ने एक यस्ता व्यक्तिको हो जो एक सफल व्यवसायी हुन् । उनी तीन सन्तानका पिता हुन् जसमध्ये दुई जुम्ल्याहा छोराको उमेर १९

मेक्सिकोको पाइपलाइन विस्फोटमा ज्यान गुमाउनेको संख्या ६६ पुग्यो

एजेन्सी । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको छ। घटनास्थलबाट ट्वीटमा उक्त

अत्यधिक हिमपातका कारण १८ को मृत्यु

भियना । अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ वर्षका दुई जना पुरुष