• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

रागिनी हाईटमा बालिकालाई जबरजस्ती करणी

भक्तपुर । बालयौन दुराचार गरेको अभियोगमा भक्तपुरको दुवाकोटबाट प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी बेलिपेचना गाउँपालिका–२ घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोटको तल्लो हाईटमा स्टेशनरी पसल सञ्चालन गरिरहेका ६३ वर्षिय सुरेशकुमार पोखरेललाई बालयौन दुराचारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। 
पोखरेलले पसलमा आएकी १० वर्षीया एक बालिकालाई बुधवार दिउँसो यौन दुव्र्यवहार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरि अनुसन्धान सुरु गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। उनलाई करणी सम्बन्धि कसुरको बालयौन दुरुपयोग मुद्दामा म्याद थप गरी महानगरीय प्रहरी वृत्त थिमीबाट आवश्यक अनुसन्धान भईरहेको पोखरेलले बताए। 
त्यसैगरी सूर्यविनायक नगरपालिका २ बालकोटस्थित रागिनी हाईटमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। जिल्लाकै चाँगुनारायण नगरपालिका–७ बागेश्वरी घरभई हाल बालकोटस्थित रागिनी हाईटमा बस्ने १९ वर्षीय युवक रञ्जित परियारले बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रनाउ पोखरेलले जानकारी दिए। परियारलाई करणी सम्बन्धि कसुरको  जबरजस्ती करणी मुद्दामा म्याद थप गरी महानगरीय प्रहरी वृत्त थिमीबाट आवश्यक अनुसन्धान भईरहेको पोखरेलले बताए।

प्रतिकृया दिनुहोस

१५ हजार पदमा स्थायी जागिर खुल्दै

काठमाडौं । सरकारी सेवाका विभिन्न रिक्त पदमा १५ हजार पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी छ । पदपूर्तिका लागि लोक सेवा आयोगले विज्ञापन खुलाउन

बस दुर्घटना हुँदा १६ जना घाइते

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौंका लागि

श्रमिकलाई पेन्सन

काठमाडौं ।श्रम एन लागु भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा योजना