• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

अदालतले सुनाएको ५० वर्षको जेल सजायँ कुकुरका कारण टर्‍यो

अमेरिकाको ओरेगनमा सन् २०१७ मा जोशुआ हार्नरलाई अदालतले बाल यौन शौषणको मामलामा दोषी ठहर गर्यो । तर एक कुकुरका कारण यो घटनामा नयाँ मोड आयो र हार्नर ५० वर्षको सजायँबाट मुक्त भए ।

यो सबै एक ल्याब्राडोर कुकुर ‘लुसी’ का कारण भएको थियो । ४२ वर्षका हार्नरमाथि एक बालिकालाई यौन शोषण गरेको र प्रमाण मेटाउनका लागि लूसीलाई गोली हानिएको आरोप लागेको थियो ।

तर पछि लूसी आफ्ना नयाँ मालिकसँग भेटिएपछि हार्नर सजायँबाट बचेका हुन् ।

‘लूसी जीवित भेटिइन्’:

मूल केसको सुनुवाईको क्रममा पनि अदालतले सर्वसम्मत निर्णय दिएको थिएन । गैर नाफामुलक कानूनी संस्था आरेगन इनोसेन्स प्रोजेक्टले हार्नरको मुद्दाको समिक्षा गरिरहेको थियो जसमा विभिन्न त्रुटी पाइएका थिए ।

अप्रिलमा उक्त संस्थानले स्थानीय सरकारी वकिल जोन हमलसँग मिलेर मुद्दामाथि काम गरिरहेका थिए । प्रश्न यो पनि थियो कि लूसी आखिर कहाँ गइन् । हार्नरले लूसी जिउँदो भएको र उनले लूसीलाई मार्ने कोसिस नगरेको बताउँदै आएका थिए ।

हार्नरको यो दाबी पछि संस्थान र सरकारी वकिलका कार्यालयका अधिकारीले लूसीलाई खोज्न अत्यधिक प्रयास गरे । अन्ततः समूहले आरेगन कोस्टमा लूसी र उनका मालिकलाई खोजेरै छाडे ।

संस्थानका अधिकारी क्रिस्टनका अनुसार लूसीको पहिचान उनको बाहिरी आवरण र अन्य प्रमाणको आधारमा गरिएको थियो । लूसी भेटिएपछि बालिकाले गलत बयान दिएको प्रमाणित भएपछि हार्नरलाई रिहा गरिएको थियो । बीबीसीबाट

प्रतिकृया दिनुहोस

मदिरा सेवनबाट बर्ष ३० लाख भन्दा बढी सेवन गरेर मृत्यु

   जेनेभा। संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीकोमदिरा सेवन गरेर मृत्यु  हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।   विश्वभरीमा एड्स, हिंसा र सडक

यौनशक्ति बढाउन सर्पको मासु !

एजेन्सी ।  के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

एजेन्सी । मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ। राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको