• सोमबार १०-७-२०७५/Monday 01-21-2019

"सचिवालय बैठकले साङ्गठनिक एकीकरण मापदण्ड बनाउन सकेन"

प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई, आज छलफलमा


काठमाडौँ, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाइ जानकारी दिए ।
 बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो । 
अध्यक्षद्वयले प्रस्तुत गर्नुहुने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उहाँले बताउनभुयो । उनले भने, “अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।” 
शुक्रबार बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने उनले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

पार्टीमा मुल्याङ्कन हुनुपर्छ : बरिष्ठ नेता पौडेल

  स्याङ्जा ।  पार्टीमा मुल्याङ्कन नहुदा कमजोर बन्दै गएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । कार्यकर्तासगँको

आइसियू बाहिर सार्न डा केसीको अनुरोध

काठमाडौं ।  तीनदेखि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसीले आफूलाई आइसियू बाहिर सारिदिन अनुरोध गरेका छन्। आफूले 'बेड अकुपाई' गर्दा आइसियू

जनतालाई न्यायको अनुभुति गराउन छायाँ सरकार

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुर्इ तीन दिनमा छाँया