• सोमबार १०-७-२०७५/Monday 01-21-2019

प्रोटोकल मिच्दै राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर !

काठमाडौं - भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै सोमबार सैनिक मुख्यालय पुगेर शिष्टाचार भेट गरे । नेपालले भारतमा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

‘विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेटदा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने प्रोटोकल छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर प्रधानसेनापतिलाई राजदूत पुरीले गरेको भेटघाटबारे हामीलाई कुनै जानकारी छैन ।’

विज्ञहरूले प्रोटोकल मिचेर गरिएको भ्रमणलाई नेपालको कूटनीतिको अपमान भन्दै सरकारले यस्तो प्रवृत्ति रोक्न नसकेको टिप्पणी गरेका छन् ।

‘विदेशी राजदूतले सरकारका कुनै पनि अंगका अधिकारी भेटदा परराष्ट्रलाई बाइपास गर्न मिल्दैन,’ पूर्वराजदूत दिनेश भट्टराई भन्छन्, ‘परराष्ट्रमार्फत भेटघाट गरे पनि उनीहरूबीच के कुराकानी भयो भन्ने जानकारी सरकारलाई दिनुपर्छ । यसरी आफूखुसी भेट्न र भेटघाटमा उठाइएका कुरा गोप्य राख्न पाइन्न ।’ प्रोटोकल पालना नहुँदा कूटनीतिक तहमा ठूलो कमजोरी रहने गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

पार्टीमा मुल्याङ्कन हुनुपर्छ : बरिष्ठ नेता पौडेल

  स्याङ्जा ।  पार्टीमा मुल्याङ्कन नहुदा कमजोर बन्दै गएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । कार्यकर्तासगँको

आइसियू बाहिर सार्न डा केसीको अनुरोध

काठमाडौं ।  तीनदेखि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसीले आफूलाई आइसियू बाहिर सारिदिन अनुरोध गरेका छन्। आफूले 'बेड अकुपाई' गर्दा आइसियू

जनतालाई न्यायको अनुभुति गराउन छायाँ सरकार

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुर्इ तीन दिनमा छाँया