• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019

अपराध कबुल गराउन यातना

कञ्चनपुर - ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो । 

अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो । अजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रहरीले गरिब र सोझालाई छानी–छानी नियन्त्रणमा लिई चरम यातना दिएर अपराध कबुल गराउन खोजेको पीडित बताउँछन् । डर, धम्की र त्रास देखाएर पटक–पटक बलात्कार र हत्या कबुल गर्न दबाब दिएको उनीहरूको भनाइ छ ।

भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९, बाग्फाँटाका दिलीप विष्टको मानसिक अवस्था पहिले पनि ठीक थिएन । २४ दिनपछि हिरासतमुक्त हुँदा उनको अवस्था झन् बिग्रेको छ । हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण उनी घरपरिवारका सदस्य देख्दै डराउन थालेका छन् । 

‘उसको जीवन त खत्तम पारिदियो, त्यसै पनि दिमाग ठीक थिएन, अब त झन् सम्हालिसाध्य छैन,’ बुबा कमलसिंहले भने, ‘डराएर मान्छे नजिक आउनै मान्दैन, प्रहरीले निकै यातना दियो भन्छ ।’ दिलीपलाई भदौ ३ गते पक्राउ गरेको प्रहरीले दाबी गरेको छ तर कमल भने २ गते नै लगेको बताउँछन्

प्रतिकृया दिनुहोस

मुस्ताङमा कालिगण्डकी थुनियो

काठमाडौं,  माघ  । मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ । बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला । हुम्लामा पहिलो पटक स्किङ्ग ९चिप्लेटी० शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला

दमकल र बस ठोक्किँदा ७ घाइते

नवलरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा बस र दमकल आपसमा ठोक्किएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । कावासाेती