• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

"छोरा नभएको अनुभूति थिएन, भरोसाको दियो निभ्यो, जताततै अध्याँरो भयो"

'जन्म दिएँ, छोरीले आज यस्तो दुःख पाउनु पर्‍यो'

काठमाडौं, भदौ  । गएको साउन १० अघि कञ्चनपुरको भीमदत्तनगर –उल्टाखामकी १३ वर्षीया निर्मला पन्त ज्ञयराज र दुर्गादेवी पन्तकी मात्रै छोरी थिईन् । तर, साउन ११ गते जब उनको बलात्कारपछि हत्या भएको विभत्स शव भेटियो, उनी सिंगो नेपालकी छोरी बनिन् । कारण, घरको भित्तामा भएको टिभि, रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल जता ततै निर्मला देखिन्छिन् । निर्मला सुनिन्छिन् । निर्मला पढिन्छिन् । 

अहिले जो कोही अभिभावक समाचार पढ्छन्, सुन्छन् । झस्किन्छन् । आफ्ना छोरीहरुलाई अँगालोमा बेर्छन् । बेस्सरी भकान्छिन् । हरेक अभिभावकले आफ्ना छोरीहरुको अनुहारमा निर्मला देखिरहेका छन् । यज्ञराज र दुर्गादेवीको कुरा गर्ने हो भने त, निर्मला जन्मले छोरी थिइन् । तर, पुरुष प्रधान समाजकाअघि ‘निर्मला’ यज्ञराज र दुर्गादेवीको भरोसाको दियो अर्थात्, छोरो थिइन् । 
दुर्गादेवीको कोखबाट दुई छोरी जन्मिए । सदूरपश्चिम पीछडिएको समाज भए पनि उनलाई निर्मला जन्मिएपछि छोराको अभाव खड्किएन । 
गाउँले, छर छिमेक ढाडस दिँदै भन्थे, ‘तेरी छोरी राज घरानामा पर्ने हो ।  छोरो छैन भनेर नभन् । लोग्नेको पीर पनि नगर् । यही निर्मलाई हेर । र, अर्की छोरीको पनि मुख हेर् । धन्दा नगर् ।’भक्कानीदै दुर्गादेवी भन्छिन्, ‘गाउँलेले तेरी छोरी राज घरानामा पर्ने हो भन्थे । 
छोरो भएन भनेर कुनै चिन्ता लिनु पर्दैैन भन्थे । छोरा नभएको अनुभूति थिएन । तर, आज भरोसाको दियो निभ्दा कस्तो भयो भयो रुरु भगवान्लाई थाहा छ १ सोच्नै नसकिने भयो ।’
दुर्गादेवीका आँखामा आँशु ओभाएका छैनन् । बाबु यज्ञराजका अनुहारमा निराशा बाहेक अरु देखिँदैन । छोरीको विभत्स हत्या भएको दुई महिना वित्न लाग्यो । वास्तविक दोषी पत्ता लाग्ने छाँट काँट देखिँदैन । 
कुनै छिद्रबाट न्यायको किरण छिर्ने आधारहरु नभेटेपछि कञ्चनपुरबाट आफ्ना पीडा सोझै प्रधानमन्त्रीलाई सुनाउन काठमाडौँ आएका छन्, दुर्गा र यज्ञराज । न्याय दिलाउने राज्यप्रति शंका गर्नु बाहेक अरु उपाय नै छैन, निर्मलाका बुबा, आमासँग ।
 न्याय नपाउनुको छट्पटाहट्ले आफ्नै कोखलाई दोष दिन पछि पर्दिनन्, दुर्गादेवी । उनले भनिन्, ‘मैले जन्म दिएकै कारण छोरीले आज यस्तो दुःख पाउनु पर्‍यो । अब कुन जन्ममा जन्म दिएर म के दिन सक्छु ?’
पीडै पीडाले भरिएको छ, तन्, मन् सबै । त्यसैले त दुर्गादेवी छोरीको विभत्स शव देखेको दिनबाट खानु खानु पनि पापै जस्तो लाग्यो भन्छिन् । हराएकी छोरी घर आइन, अर्को दिन मैले लाश भेला पार्नु पर्‍यो, उनले रुँदै भनिन्, ‘उखुबारीमा छोरीको विभत्स शव देखेपछि केही सोच्नै सकिँन । 
कुनै चैँ महा दानवको हातमा परेर छोरीको हत्या भयो । अनि खान पनि पापै जस्तो लाग्यो ।’ भरोसाको दियो नै निभेपछि त्यो घर कति अध्याँरो होला ? उनी भन्छिन्, ‘छोरीहरुले लगाएका गुण, गरेका कामहरु देखिन्छन् । जता हेर्‍यो उतै अध्याँरो देख्छु ।’ 
फूलजस्तै छोरीलाई निमोठ्ने अपराधीलाई किन पक्रिँदैन राज्य रु यो कुरा प्रधानमन्त्रीलाई सोध्नकै लागि दुर्गादेवी पतिलाई साथलिएर काठमाडौँ आईन् । 
काठमाडौं आउनु बाध्यता हो भन्छिन्, उनी । शरीर काठमाडौँमा भएपनि मन उनको उतै छ, जुन् घर क्षणभरमा उजाडियो । उनले भनिन्, ‘छोरी विना एक रात काट्न पनि मुस्किल हुन्छ । भरखरै एउटा छोरीको यस्तो दुर्घटना व्यहोर्नु प¥यो । अर्की छोरी पनि घरमा छोडेर हिँडे । के पो हुन्छ रु कस्तो हुने हो । भनेर डर लागि रहेको छ ।’ त्यो डरलाई समेत लुकाएर बाध्यताले काठमाडौं आउनु पर्‍यो ।’

अनि बारम्बार यही प्रश्न गरिरहेका छन्, निर्मलाका बाबु, आमा । वास्तविक हत्यारा कहिले भेटिने हो रु जुन घरबाट छोरी हराई त्यो घरका दिदीबहिनीलाई पनि छाडिएको छ । हामीले विश्वासै नगरेका व्यक्तिलाई पक्रिएर त्यस्तो घटना घटायो । गोली खाएर मान्छे मर्‍यो । किन ? भेटिँदैनन् वास्तविक अपराधी ? यो प्रश्न निर्मलाका बाबु आमा मात्रै होईन । सिंगो नेपाली समाजले गरिरहेको छ । 
सीआइबीको टोलीले गरेको अन्याय र दिएको यातना   
निर्मलाका बुबा यज्ञराज भन्छन्, ‘हामीलाई निकै समय दोधारमा राखियो ।’ संविधानको धारा २१ अथवा मौलिक हक अन्तर्गत अपराध पीडितको हक राखिएको छ । उपधारा (१) मा अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ, भनिएको छ । 
यस्तै, उपधारा (२) मा अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ, भनिएको छ । 
निर्मलाका बुबाले भने, ‘मैले दिलिप विष्ट घटनामा संलग्न हुनै सक्दैन भनि जिद्दि गरे । तर, अंगुर जीसीको टोलीले साफ हकार्‍यो । धम्कीको शैलीमा तपाई वर्ता नबोल्नु्स् । तपाईले अनुसन्धान गर्ने हो कि हामीले गर्ने हो रु दिलिपविरुद्ध किटानी दिनुस् भन्दा किटानी दिनु हुन्न ।’ जीसीले तीन चार दिन थेगिनसक्नुको दबाब दिए, दिलिपविरुद्ध किटानी दिनका लागि । प्रहरीले दिएको यातना झल्झल्ति सम्झिन्छन्, यज्ञराज, अनि रिसाउने सीआइबीका डिएसपी अंगुर जीसीको अनुहार । 
छोरीको विभत्स हत्याले शोकमग्न परिवारमाथि अर्को अपराध गर्नेलाई के कारबाही हुन्छ ? अनि संविधानको मौलिक हकको उलंघन गरेकोमा क–कसलाई हुने हो कारबारही ? निर्मलाको हत्या भएको त दुई महिना हुन आँटिसक्यो ? कहिले हो संविधानको धारा २१ अनुसार अपराध पीडितले अनुसन्धान र कारबाही सम्बन्धी जानकारी पाउने ? संविधान कार्यान्वयन गराउने राज्य खै ?

प्रधानमन्त्रीले नै भन्नै नहुने शब्द बोल्नु भएपछि के आश ? 
निर्मलाका बुबाले प्रहरीले गरेको अन्यायकाबारे मात्रै कुरा गरेनन् । प्रधानमन्त्रीले नै भन्नु नभन्नु भनेको गुनासो गरे । उनले भने, ‘न्याय पाउने आशा छैन । आशा छ कसरी भनौँ । प्रधानमन्त्रीले नै भन्न नहुने शब्द प्रयोग गरेको सुन्दा कसरी भनौँ आशा छ भनेर ? 

न्याय दिलाओस् नदिलाओस् राज्य, प्रधानमन्त्रीलाई आफूमाथि झरेको बज्र र घटनापछि आफूमाथि वितेका सबै घटनाक्रम भन्न मन छ, उनलाई । प्रधानमन्त्रीले नै मेयरको दैलोमा लास लगेर राख्यो भन्नु भयो, उनले भने, ‘मेयरको घरमा कतिखेर लास राखियो कञ्चनपुरबासीलाई थाहा होला । 
बम दिदीबहिनीलाई पनि हामीले उनीहरुनै हुन् हत्यारा भनेकै छैनौँ । भनेको भए किटानी नै दिन्थ्यौँ नि । प्रहरीलाई अनुसन्धान गर्न हामीले कहाँ असहयोग गरेका छौँ र रु प्रहरीले भनेका मान्छेहरु सबैका नाममा किटानी दिएको भए के हुन्थ्यो होला ?’

प्रधानमन्त्रीले बोलेका कुराले पनि निकै चित्त दुखेको छ, निर्मलाका बाबु आमाको । साउन ११ गते शव भेटिएपछि प्रहरीले अनेक तिकडम गर्‍यो । हुँदा हुँदा मानसिक सन्तुलन गुमाएका व्यक्तिको डिएनए परीक्षण समेत गर्‍यो । अपराधी लुकाउन गरेको प्रयासविरुद्ध आन्दोलन चर्कियो । आन्दोनकारीमाथि गोली वर्षाउन पछि परेन प्रहरी । प्रहरीले अहिलेसम्म गरेका सबै गतिविधिलाई तराजुमा राख्ने हो भने कहिल्यै तौल मिल्ने छैन । 
अपराधीले निर्मला पन्त हत्या गरे । तर, प्रहरीले त्यसलाई चक्मा दिनेगरेर त्यो भन्दा ठूला र अक्षम्य अपराध गरेको छ । खै न्यायको शासन ? खै रुल अफ जष्टिश् ?

साभार : हाम्राकुरा डट. कम

 

प्रतिकृया दिनुहोस

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

"सबै सचिवले सफ्टवेयरमा कार्यप्रगति विवरण राख्ने गर्छन् "

काठमाडौँ, कात्तिक  ।  विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन गरिरहेका छन् । उनले आफ्नै

तीन तीन देशमा राजदूत सिफारिस : भारतका लागि नीलाम्बर आचार्य

काठमाडौं, कात्तिक  । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । लामो समयदेखि खाली रहेको भारतको लागि राजदूतमा पूर्वमन्त्री एवं संविधानविद्