• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

प्रकाण्डलाई दाङबाट काठमाडौं ल्याइयाे

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लाई आज काठमाडौं ल्याइएकाे छ । 
 बिहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं ल्याइएकाे हाे । शुक्रबार भोजपुरबाट दाङ पुर्याइएका प्रकाण्डलाई सर्वाेच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि उनलार्इ  पुनः काठमाडौं ल्याइएकाे हाे । 
प्रकाण्डको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिन तोकेको थियो। त्यो म्याद नसकिँदै सर्वाेच्चले काठमाडौं झिकाउन पत्र काटेपछि अाज बिहान उनलार्इ काठमाडाैं ल्याइएकाे हाे । 
प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई बिथोल्न भएकाे बम विस्फोटमा एक म्यादी प्रहरीले ज्यान गएकाे घटनाकाे प्रकाण्डलाई आरोप लगाइएकाे छ । 
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली अमेरिका जाँदै, उतैबाट कोष्टारिका जाने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्। कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो

देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ? सरकारले बनायो १ सय ११ समूहको सूची

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश

सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द

काठमाडौं – सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ