• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

“बिआरईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”

'विश्वको दुईतिहाइ जनसंख्यालाई बिआरआईले जोड्छ'


काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन । 
त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभाव’ का विषयमा  अयोजित कार्यक्रममा उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताए । 
“दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” प्रधानमन्त्री ओलीले भने ।  चीनका राष्ट्रपति सि चिनफिङले अघि बढाएको यो परियोजना महत्वकांक्षी भएपनि यसले विश्वको दुईतिहाइ जनसंख्यलाई जोड्ने उनको भनाइ छ । 
“बिआरईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”–प्रधानमन्त्री ओलीले भने, “यसले नेपालको अर्थतन्त्रलाई बढोत्तरी गर्नेछ ।” 

मुलुकको राजनीतिक रुपान्तरण ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक आर्थिक रुपान्तरणको प्रारम्भ गर्न नेपाललाई उचित समय आएको बताए । मुलुकको सामाजिक आर्थिक रुपान्तरण नै अहिलेको मुल मुद्दा भएको उनको भनाइ थियो । 

‘समृद्ध नेपाल र सुखी नेपाली’ हासिल गर्ने दीर्घकालीन उद्देश्यबाट सरकारको लक्ष्य दृष्टिकोण निर्देशित रहेको बताउँदै उहाँले समृद्ध नेपालको लक्ष्य हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण गरी श्रम गर्न सक्ने जनशक्तिका लागि रोजगारीको समुचित अवसर प्रदान गर्न सरकार प्रयत्नशील छ भने । उनले भने, “नेपालमा जलविद्युत्को ठूलो सम्भावना छ, सरकारले मानव संशाधान, पूर्वाधार र पर्यटनको विकासलाई प्रवद्र्धन गर्छ ।” 

छिमेकी चीन र भारतले हासिल गरेका अभूतपूर्व आर्थिक विकासबाट नेपालले थुप्रै अवसर प्राप्त भएको विश्वास गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपाल दुई ठूला अर्थतन्त्र भएको मुलुकका बीचमा अवस्थित रहेको छ, नेपाल अब विकासका रुपमा पछि रहन सक्दैन, हामी विकासको भ¥याङ चढिसक्यौ, विकासको रफ्तार बढिसक्यो ।” 

समृद्धिको मुल मार्ग सम्पर्क सञ्जाल रहेको उल्लेख गर्दै उनले सम्पर्क सञ्जालको पूर्वाधार विकासले मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने बताए । उनले भने, “सम्पर्क सञ्जालले व्यापार विस्तारमा व्यापक अवसर सिर्जना गर्छ, लगानी, पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्धमा मार्ग प्रशस्त गर्छ ।” 
चीन र भारतजस्ता ठूला र आर्थिक शक्ति सम्पन्न देशको बीचमा रहेको नेपाल आफैमा गतिशिल पुल रहेको भन्दै प्रधानमन्त्रीले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिए । गत असारमा आफूले गरेको चीन भ्रमणका क्रममा समेत सम्पर्क सञ्जालको विस्तारलगायतका महत्वपूर्ण विषयमा चिनियाँ राष्ट्रपति सि र प्रधानमन्त्रीलगायतका शीर्ष नेतृत्वसँग छलफल गरेको भन्दै प्रधानमन्त्रीले केही वर्ष अगाडि सम्पन्न व्यापार तथा पारवहन सम्बन्धी द्विपक्षीय सम्झौता समेत कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

चलचित्र जुधाइँदा असर कलाकारलार्इ

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय बीग बजेटका चलचित्रको रोचक भिडन्त हुन थालेको छ । एकपछि अर्को गरी एकै मितिमा बीग बजेटका चलचित्र

बन्ने भो धरहरा : कस्तो बन्दैछ त ?

काठमाडौं, भदौ  । भूकम्पबाट भत्किएको धरहरा  पुनःनिर्माण को टुंगो लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट भत्किएको धरहरा निर्माण