• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

नयाँ उत्पादन थप्दै :' वनस्पति घ्यू उद्योगमार्फत तोरीको तेल उत्पादन गर्ने '

उखु खेतीमा आधुनिकरण गर्न शुरु


काठमाडौँ,  भदौ  । साल्ट ट्रेडिङ कर्पोरेशनले  आफ्नो ५६ औ वार्षिकोत्स कार्यक्रम विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।  सो कार्यक्रमका अवसरमा कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने  जनाएको छ ।  
बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । 
विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखु खेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पोरेशनले जनाएको छ । 
पछिल्लो समय कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको छ । 
नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दा माथि बनाउने लक्ष्य निर्धारण गरेको छ । 
सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको सङ्ख्या ४४।२ थियो । यो सङ्ख्या सन् २००७ मा शुन्यमा झरेको थियो । 
उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पोरेशनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औँल्याए । 

“कर्पोरेशनले आफ्नो उद्देश्य अनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ ”, उनले भने । 
सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पोरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको वताए । 
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विगत अगामी वडा दशै, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन । 
कर्पोरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु ७५ हजारसहित सम्मानपत्र रहेको छ । आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै सस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताउनुभयो । 
यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल (काठमाडौँ) लाई प्रदान गरियो । प्रमााणपत्र सहित सो पुरस्कारको राशि क्रमशः रु २५ हजार र रु २० हजार छ । 
ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमशः रु ३५ हजार , रु ३० हजार र २५ हजार छ । 
 

प्रतिकृया दिनुहोस

राष्ट्र बैंक पुननिर्माणः पप्पु जोडिँदा योजना अलपत्र

काठमाडौं – ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ । प्राप्त बोलपत्रमध्ये सबभन्दा कम

चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने

काठमाडौँ – चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती

पप्पुको बदमासीले ठेक्का तोडियो

काठमाडौं । कोस्टाल पप्पु कन्स्ट्रसनले सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाई विभागले ठेक्का तोडेको छ । बाँकेमा