• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019

जहाँ ६ बजे नै लाग्छ सबैको घरमा ताला !

हुम्ला ।  सुन्दा अचम्म लाग्न सक्छ, साँझ ६ बज्न नपाउँदै गाउँ नै सुनसान ! अनि सबै घरमा ताल्चा ।  यति मात्र होईन, घरकै कुनै सदस्य पनि ६  बजेपछि घरभित्र पस्न पाउँदैनन् ।
 
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ मा पर्ने तिलगाउँको चलन हो यो । 

चारैतिर हिमालै हिमालले घेरिएको बीचको अनकन्टार बस्ती तिलगाउँमा ६ बजेपछि सुनसान हुने चलन पुस्तौँदेखि चल्दै आएको स्थानीय पेमा तामाङले बताए । 

नजिकै बस्ती नभएका कारण चोरीबाट बच्न र महिला सुरक्षित रहन यस्तो जुक्ति अपनाईएको तामाङले बताए । 

यो गाउँ तीन हजार ७०३ मिटर अग्लो स्थानमा छ ।

धेरैपहिले गाउँमा चोरी हुनुका साथै महिला बलात्कृत भएपछि त्यति बेलाका बुढापाकाले यो उपाय अपनाएको र अहिलेको पुस्ताले पनि त्यसलाई कायमै राखेको उनले बताए ।

प्रतिकृया दिनुहोस

मुस्ताङमा कालिगण्डकी थुनियो

काठमाडौं,  माघ  । मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ । बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला । हुम्लामा पहिलो पटक स्किङ्ग ९चिप्लेटी० शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला

दमकल र बस ठोक्किँदा ७ घाइते

नवलरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा बस र दमकल आपसमा ठोक्किएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । कावासाेती