• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

"निर्मला हत्याको छानविन गर्ने सबै प्रहरी र केसीमाथि छानविन गरिने"

गृहमन्त्रालयमा राति राति बैठक


काठमाडौं, भदौ। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले बलजफ्ती अभियुक्त बनाएका दिलिपसिंह विष्ट रिहा भएसँगै अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत र छानविन समितिबाट राजीनामा दिने उपसचिवमाथि छानविन हुने भएको छ। 

मंगलबार राति गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत र उच्चस्तरीय छानविन समितबाट राजीनामा दिने उपसचिव वीरेन्द्र केसीमाथि छानविन गर्ने निर्णय गरेको हो। 

गृह मन्त्रालय र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गर्दै उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। वैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल डिआइजी रामप्रसाद श्रेष्ठलगायत सहभागि थिए। 

बैठकले कञ्चनपुरका तत्कालीन प्रमुख डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी र सीआइबीबाट खटिएका डिएसपी अंगुर जिसी प्रहरी निरीक्षक एकिन्द्र खड्का तथा छानविन समितिमा रहेका उपसचिव विरेन्द्र केसीमाथि छानविन गर्ने निष्कर्ष निकालेको छ। हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान गरिएको देखिएन भन्दै बैठकले उनीहरुमाथि छानविन गर्ने निर्णय गरेको हो। 
अनुसन्धानमा खटिएका अधिकारीसहित उपसचिव वीरेन्द्र केसीले दिएको अभिव्यक्तिबारे समेत छानविन गरि थप अनुसन्धान गर्नुपर्ने निर्णय बैठकले गरेको बैठकमा सहभागिले  बताएका छन्। 

प्रतिकृया दिनुहोस

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

"सबै सचिवले सफ्टवेयरमा कार्यप्रगति विवरण राख्ने गर्छन् "

काठमाडौँ, कात्तिक  ।  विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन गरिरहेका छन् । उनले आफ्नै

तीन तीन देशमा राजदूत सिफारिस : भारतका लागि नीलाम्बर आचार्य

काठमाडौं, कात्तिक  । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । लामो समयदेखि खाली रहेको भारतको लागि राजदूतमा पूर्वमन्त्री एवं संविधानविद्