• सोमबार १०-७-२०७५/Monday 01-21-2019

"सात ठाउँमा पहिरो, दरखान जाने अलपत्रमा परे"

पहिरो हटाउन कम्तीमा १० घण्टा लाग्ने


चितवन, भदौ  । नारायणगढ–मुग्लिङ सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको सात ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । 
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोलगायतमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।  सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् । 
विशेषगरी हरितालिका तीजका लागि दरखान माइत जाने महिलाहरु अलपत्र परेका छन् ।  पहिरो हटाएर बाटो सञ्चालन हुन मंगलबार दिनभर लाग्ने जनाइएको छ । कम्तीमा १० घण्टा लाग्ने प्रहरीको भनाइ छ । 
यसैबीच, ट्राफिक प्रहरी महाशाखाले नारायणगढ–मुग्लिङ सडकखण्डका सात ठाउँमा पहिरो गएको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

संवैधानिक परिषद् : पाँच आयोगका अध्यक्ष सिफारिस गर्‍यो

  काठमाडौं । संवैधानिक परिषद्ले पाँच आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको छ। आइतबार बसेको परिषद्को बैठकले पाँच जनाको नाम सिफारिस गरेको

डाभोस बैठक : "विश्व आर्थिक मञ्चमा नेपालको प्रवेश"

  काठमाडौँ, माघ  । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बार्षिक बैठकमा भाग लिन नेपालको नेतृत्व गर्दै आइतबार स्वीजरल्याण्डको

शिक्षा तथा स्वास्थ्य समितिले अदालतको निर्णयको मजाक : नेक निजी रहेको अदालतको ठहर

  भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज विवाद अध्ययनका लागि बनेको संसदिय उपसमितिको प्रतिवेदन निस्कर्षविहिन देखिएको छ । कुनै पनि तथ्य प्राप्तीको लागि