• सोमबार १०-७-२०७५/Monday 01-21-2019

ओस्कारका लागि आह्वान

काठमाडौं । आगामी ९१ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ २९ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ । 
अस्कर अवार्ड समारोह सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालको फिल्मले बेस्ट फरेन ल्यांग्वेज (गैरअंग्रेजी भाषी फिल्म) विधामा प्रतिस्पर्धा गर्न पाउनेछ । प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा मात्र नेपाली फिल्म अस्करका लागि पठाइनेछ । विमल पौडेल अध्यक्ष रहेको नेपालको अस्कर छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप कुमार उपाध्याय, राजेन्द्र शलभ, राजुबिक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

बन्ने भो ‘परदेशी २’, दोहोरिएलान प्रशान्त

काठमाडौं– तीन वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’को सिक्वेल निर्माणको घोषणा भएको छ । नारायण रायमाझीद्वारा निर्देशित चलचित्र

भ्यालेन्टाइनमा संजगसँग वर्षाको विवाह

काठमाडौं– लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गर्ने भएका छन् । उनीहरुले सोमबार फेसबुकमार्फत

‘समर लभ’ले एक जोडीलाई थाइल्याण्ड घुमाउँदै

काठमाडौं– प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकलाई फिल्मप्रति चासो बढाउन निर्माण टिमले प्रचार–प्रसारमा विभिन्न फण्डाहरु अपनाइरहेको हुन्छ ।