• सोमबार १०-७-२०७५/Monday 01-21-2019

मनोजको चलचित्र आगमन कस्तो रहला ?  

काठमाडौं । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ अब प्रदर्शनका लागि तयार भएको छ । मनोज गजुरेल स्टारर सोसल ड्रामाले माघ १८ गतेलाई रिलिज डेट तोकेको छ । चलचित्रको प्रदर्शन मिति तोकेसँगै निर्माण पक्षले चलचित्रको प्रमोशनमा जुटेको छ । 

शनिबार ललितपुर हात्तिवनमा आयोजित समारोहमा निर्माताले मिति घोषणा गरे । उक्त अवसरमा स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री प्रदान गरियो । ‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ आफ्नो डेब्यु फिल्मबारे गजुरेलले भने, ‘बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको छ ।’ रंगमंच अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे । ‘फिल्मको अन्तर्य प्रेम मात्र होइन, भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभाव समेत हो’ उनले बताए, ‘मलाई पहिले जति फिल्म अफर आए, ती सबै सूत्र शैलीमा थिए, सयकडा दश नितान्त भिन्न छ ।’

अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनी सुनिए, ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’

रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । अभिनेता राजाराम पौडेलले ‘सयकडा दश’ लाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । 
 

प्रतिकृया दिनुहोस

बन्ने भो ‘परदेशी २’, दोहोरिएलान प्रशान्त

काठमाडौं– तीन वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’को सिक्वेल निर्माणको घोषणा भएको छ । नारायण रायमाझीद्वारा निर्देशित चलचित्र

भ्यालेन्टाइनमा संजगसँग वर्षाको विवाह

काठमाडौं– लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गर्ने भएका छन् । उनीहरुले सोमबार फेसबुकमार्फत

‘समर लभ’ले एक जोडीलाई थाइल्याण्ड घुमाउँदै

काठमाडौं– प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकलाई फिल्मप्रति चासो बढाउन निर्माण टिमले प्रचार–प्रसारमा विभिन्न फण्डाहरु अपनाइरहेको हुन्छ ।