• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

याेगा गर्नुहुन्छ ? यि ९ कुरामा ख्याल पुर्याउनुहाेस्

काठमाडाैं । स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना एकदमै फाइदाजनक हुन्छ । तर, योगा गर्दा केही सावधानी अपनाउनु नै पर्छ । योगा गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगाबाट फाइदा मात्र हाेइन यसले समस्या समेत ननिम्त्याउला भन्न सकिन्न । 

के के कुरामा ख्याल गर्नुपर्छ त ? 
१. योगा गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

२. योगा गरिरहेको समयमा बाथरुममा जानु उचित हुँदैन । बरु, आफ्नो शरीरको पानी पसिनाको माध्यामबाट बाहिर निकाल्नु पर्छ ।

३. योगा गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पनि पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने संभावना हुन्छ ।

४. वज्रासन बाहेक अन्य कुनैपनि योग खाना खानसाथ गर्नुहुन्न । खाना खाएको कम्तिमा पनि तीन घण्टाको अन्तरालमा योग गर्नु सकिन्छ । सबैभन्दा राम्रो त बिहान खाली पेटमा योगा गर्नु नै उत्तम हाे । 

५. योगा कठिन आसनबाट सुरु गर्नु हुँदैन । सरलबाट कठिनतिर जानुपर्छ ।

६. जब तपाई बिमार हुनुहुन्छ भने योगा नगर्नुहोस् । यदि योग गर्न चाहनुहुन्छ भने योग गुरु वा चिकित्सकको परामर्श लिनुहोस् ।

७. योगा गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

८. योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नु हुँदैन । किताब पढेर वा सिडीमा हेरेर योग गर्दा समस्या हुनसक्छ । अर्काको देखासेखी पनि योग नगरौ ।

९. कम्मर, मांशपेशी वा घुँडासँग सम्बन्धित कुनै समस्या छ भने योग गर्नुअघि विज्ञसँग सल्लाह लिनुहोस् ।

प्रतिकृया दिनुहोस

विश्व मधुमेह दिवस मनाईदै

काठमाडौं । परिवार र मधुमेह भन्ने मुख्य संदेशका साथ आज विश्व मधुमेह दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।  अन्तर्राष्ट्रिय मधुमेह महासंघका

अध्ययन भन्छ : "१४ महिनामा नै अन्त्य, विवाहमै आकर्षित "

  काठमाडौँ, कात्तिक । प्रेम र बिवाह किशोर किशोरीको लागि अहिलेको फेशन सरह भएको छ । जीवनलाइ सुखमय बनाउन र दाम्पत्य जीवनलाइ सरल र सार्थक बनाउन प्रेम

पुरुषको प्रजनन र यौन क्षमता बृद्धि : कसरी गर्छ ?

एजेन्सी, कात्तिक  ।   दालचिनि र जैतुनका धेरै फाइदाहरु रहेका छन् । त्यसमध्ये एक शीध्रपतनको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । शीध्रपतनले धेरैको